Sat. Jul 27th, 2024

चितवनको केराले बजार पाउन सकेन

923989492312

चितवन –  व्यवसायीहरुले उत्पादन गरेको केराले बजार पाउन नसकेकोको चितवनका कृषकहरुले गुनासो गरेका छन् ।

नयाँ वर्षको अवसरमा चितवन केरा उत्पादक संघले शुक्रबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । उत्पादन प्रयाप्त भएपनि भारतीय केराका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको उनीहरुको भनाई थियो । खुल्ला सिमाना कारण भारतीय केराले बजार लिएपछि स्थानीय उत्पादन विक्रिहुन छाडेको भन्दै स्थानीय उत्पादनलाई प्राथामिकता दिन उनीहरुले माग गरेका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले बजार व्यवस्थापनमा आफ्नो संस्थाले सक्दो सहयोग गर्ने बताए । स्थानीय उत्पादनलाई स्थानीय बजारदेखि राष्ट्रिय बजारले समेत प्राथामिकता दिनुपर्ने उनको भनाई थियो ।

सो अवसरमा चितवन उद्योग संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले स्थानीय उत्पादीत केराले बजार पाउन उत्पादन लागत मुल्य घटाउनुपर्ने सुझाव दिए । त्यसका लागि प्रविधिकिो विकाससंगै थप अन्य सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिए । खुल्ला अर्थ नीति अन्तर्गत विश्व बजारसम्म आफ्नो उत्पादन लैजान चितवनका केरा उत्पादन गर्ने कृषकहरुले गुणस्तरलाई समेत ध्यान दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा नेपाल अण्डा उत्पादक महासंघका केन्द्रीय अध्यक्ष शिवराम केसी, संस्थापक अध्यक्ष अम्बीकाप्रसाद अधिकारी, कृषि विकास कार्यालयका नोदनाथ लामिछाने, प्राविधिक सल्लाहाकार रामलाल श्रेष्ठ, संघका सल्लाहाकार भुवनलाल श्रेष्ठ, लेखा शाखा उप–संयोजक अर्जनप्रसाद पौडेललगायतले केरा उत्पादनको सम्भावना र चुनौतीको विषयमा बोलेका थिए ।

संघका अध्यक्ष विष्णुहरी पन्तको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा संघका निर्वतमान अध्यक्ष यज्ञप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । 

About The Author

Loading...

अन्य समाचारहरु: