Sat. Jul 27th, 2024

हसाउंदै, नचाउँदै गाउँ गाउँमा एम.जि. तामाङ

sa
आशिष ठकुरी – कामलाई निरन्तरता दिँदै जाने होे भने एक दिन पक्कै सफल भईन्छ, अभिनय र गायन मार्फत त्यहि सफलताको सिँढीहरु उक्लँदै गरेका व्यक्ति मध्येमा पर्छन् धादिङको केवलपुरमा जन्मिएका माधव घले तामाङ ।

विं स २०५२ साल बैशाख ११ गते केवलपुर—५, जफती धादिङमा जन्मिएका तामाङलाई धेरैले एम.जि. तामाङ भनेर चिन्ने गर्दछन । विद्यालय पढ्दा देखि नै हंसिलो र कमेडी पाराका एम जि सधै सवैलाई हँसाउने गर्दथे । अहिले उनी मानिसलाई जति हँसाउन सक्छन् त्यति नचाउन पनि सक्छन । धादिङको गाँउ—गाँउ, बस्ती—बस्तीको हरेक कार्यक्रममा पुग्दै जनसमुदायलाई हँसाउदै आएका एम.जि अन्य जिल्लाको गाँउ बस्तीमा पुगेर पनि हँसाउन र नचाउन आफ्नो रुची भएकोे बताउँछन् । बाबु मङ्गल बहादुर घले र आमा मुरली घलेका एक छोरी र तिन छोरा मध्येका जेठा छोरा हुन्, एम.जि. तामाङ (माधव घले तामाङ) । उनले केवलपुर — १ पण्डित पौवामा रहेको श्री ज्योती उच्च माध्यमिक विद्यालयबाट विं.सं. २०६९ सालमा एसएलसी परिक्षा दिएका हुन् । कक्षा १ देखी नै ज्योती उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेका एम.जि. अहिले पनि सोहि विद्यालयमा उच्च शिक्षा हासिल गरिरहेका छन् ।

विद्यालयले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा सहभागीता जनाउँदै आईरहेका एम.जि. विद्यार्थी, शिक्षक र अविभावक सवैलाई मज्जा सँग हँसाउदै आईरहेका छन् । धादिङको कलाकारीतामा उदयीमान एम.जि. रेडियो राजमार्ग ९२.१ मेगाहर्जमा हरेक हप्ताको विहीबार वेलुकी ५ देखी ६ बजे सम्म प्रसारण हुने हाँस्यव्यंग्य रेडियो कार्यक्रम काउकुती पनि सञ्चालन गर्छन् । कार्यक्रम सञ्चालन भएदेखी नै श्रोताहरुबाट राम्रो प्रतिक्रिया आईरहेको उनले बताए । यसैगरी सोहि रेडियो बाट प्रसारण हुने कार्यक्रम जिन्दगीका भोगाई बाट पनि श्रोताको मन छुन सफल भएको उनी बताउँछन् ।

हरेक हप्ताको मंगलबार राति ९ः१५ देखी १० बजे सम्म प्रसारण हुने जिन्दगीका भोगाईमा श्रोताको भोगाईलाई रेडियो मार्फत प्रस्तुत गर्ने गरेको उनको भनाई छ । धादिङ सहित आसपासका जिल्लाहरुको विभिन्न ठाउँमा करिब चार दर्जन स्टेज कार्यक्रम गरीसकेका एम जि आधा दर्जन भन्दा बढि नेताहरुको आवाजलाई हुबहु नक्कल गर्न सक्छन् । उनले सुशिल कोईराला, केपी शर्मा ओली, पुष्प कमल दाहाल (प्रचण्ड), बावुराम भट्टराई, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, शेर बहादुर देउवा, बामदेव गौतम, मोहन बैद्य, सुवास नेम्वाङ लगायत नेताहरुको क्यारिकेचर गरी बर्तमान राजनितीक परिवेश माथी तिखो व्यङ्ग गर्दै श्रोता तथा दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउँदै आएका छन् । यसैगरी विभिन्न चर्चित हास्यँकलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, तक्मे वुढा, माग्ने बुढा, धुर्मुस, खड्का जी, पाँडे, जिग्री, बले सोल्टी, कक्रोज, मुस्कान पासा, ,मुन्द्रे, खडानन्द गुरु , आईते लगायत कलाकारहरुका पनि क्यारिकेचर गर्न सक्दछन् । यसैगरी आफुले कुनै गितहरु बजारमा नल्याएपनि अन्य गितहरुको म्युजिक ट्रयाक बाटै गित गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाउँदै आएका छन् । साथै अभिनयकै शिलशिलामा नुवाकोटको बट्टारबाट प्रशारण हुने टेलिभिजन टिभी त्रिशुलीको टेली श्रृखला कथा तपाइको दृष्य हाम्रोमा केही भाग अभिनय गरेका एम.जि. अहिले आफ्नो जिल्ला लगायत छिमेकी जिल्लाहरुमा स्टेज कार्यक्रमहरु र अध्ययनमा व्यस्त छन् ।

एम जि कलाकारीतामा तरकारीको मिक्स मसाला जस्तै हुन । उनी हसाउने नचाउने सवै गर्दछन् । विभिन्न डान्सिङ गीतहरु गाएर दर्शकलाई थप मनोरञ्जन दिने र विभिन्न आईटमका गीतहरुमा डान्स गर्ने उनको क्षमता प्रसंसा गर्न लायक रहेको स्थानिय दर्शक बताउँछन् । हुने विरुवाको चिल्लो पात भनेझै एम जी तामाङ्ग सानै उमेरमा नै आफ्नो कलालाई बढि मात्रा अगाडि बढाउन चाहन्थे । त्यहि क्रममा आफनो कला प्रस्फुटन गर्न कति कार्यक्रममा जाँदा भाग लिन नपाई घर फर्किन पर्दा निरास भएको तितो अनुभव पनि आफुमा रहेको उनी बताउँछन् । उनी भन्छन् ‘‘अव कुनै पनि कार्यक्रममा निराश भएर घर फर्किन पर्दैन्, दर्शक तथा आयोजक साथीहरुले मेरो वास्तविक कला बुझिसक्नुभएको छ ।

यसमा अझै रेडियो राजमार्ग ९२.१ मेगाहर्जको सहयोगले गर्दा नै यो ठाउँ सम्म आईपुग्न सफल भएको छु ।’’ घर परिवार प्रति पनि उत्तिकै उत्तरदायी एम जि राष्ट्रिय स्तरमा पुगी सधंैभरी हसाउने, नचाउने, र समाजसेवामा समर्पित रहने चाहना रहेको बताउँछन् । उनि भन्छन् ‘‘अझै पनि मलाई राष्ट्रिय स्तर सम्म पुग्नको लागी श्रोता÷दर्शकको साथ र सहयोगको आवश्यकता छ ।’’

About The Author

Loading...

अन्य समाचारहरु: