गत वर्षहरुमा जस्तै यस वर्ष पनि बैशाख २ गतेदेखि नै विद्यालय भर्ना कार्यक्रम अभियानका रुपमा सञ्चालन भइरहेको छ । जिल्ला शिक्षा कार्यलय धादिङले पनि विभिन्न विद्यालयहरुमा भर्ना कार्यक्रमलाई सफल बनाउनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । धादिङ जिल्लालाई गत वर्षमा मात्र निरक्षरमुक्त जिल्ला घोषणा गरिएको छ । तर पनि ग्रामीण भेग तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु विद्यालय बाहिर रहेका छन् । धादिङमा सञ्चालन भइरहेको भर्ना कार्यक्रमका बारेमा धादिङका जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकालसँग गरिएको कुराकानी
विद्यालय भर्ना अभियानका बारेमा बताई दिनुस् न ?
आफ्नो देशका सबै नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु राज्यको दायित्व हो । नेपाल सरकारले ग्ल्क्ष्क्ऋइ को अभियानलाई आत्मसात गर्दै सबै नागरिकलाई गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता अन्तराष्ट्रिय मञ्चमा जाहेर गरेको छ । त्यसैले आफ्नो देशका सबै बालबालिकालाई विद्यालय शिक्षाको सुनिश्चितता गर्ने सन्दर्भमा हरेक विद्यालयले आफ्नो सेवा क्षेत्रभित्रका विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने कार्यक्रम हरेक वर्ष झै यस वर्ष पनि गरेको छ । यस वर्षको आदर्श वाक्य “हिंसा, यौन दुर्व्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं “ भन्ने रहेको छ ।
विगत वर्षहरुको तुलनामा यस वर्ष भर्ना कार्यक्रममा के फरक छ ?
कार्यक्रमको उद्देश्य एउटै भएको हुँदा गत वर्षका कार्यक्रमहरुलाई निरन्तरता दिनुका अलावा जिल्ला, स्रोतकेन्द्र र विद्यालय तहमा भर्ना अभियान सम्बन्धी समारोह आयोजना गरिने छन् । सबै विद्यालयहरुलाई आफ्नो सेवा क्षेत्रभित्रका सबै बालबालिकालाई विद्यालय आएको सुनिश्चितता गर्नु पर्ने बाध्यात्मक निर्देशन दिईएको छ । यदि कुनै बालबालिका विद्यालय आउन नसकेको अवस्था छ भने निजको नाम र ठेगाना तथा नआउनका कारण सहितको जानकारी माग गरिएको छ ।
ग्रामिण भेग राजमार्ग क्षेत्र तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई कस्तो व्यवस्था छ ? शिक्षा प्रतिको आम नागरिकको सचेतनाका दृष्टीले धादिङ जिल्ला रामो अवस्थामा छ । सबै बालबालिकालाई पाठ्यपुस्तक, आधारभूत तहका सबै छात्रा र सबै दलित तथा सिमान्तकृत विद्यार्थीका लागि छात्रवृत्ति, केही स्थानका विशेष परिस्थितीमा रहेका बालबालिकाहरुका लागि विशेष कक्षा संचालन, विलालय खाजा कार्यक्रम लगायतका सुविधाहरु राज्यले उपल्बध गराएको छ । राज्यले समेट्न नसकेका र पूर्ण रुपमा समाधान गर्न नसकेका क्षेत्रका लागि गैरसरकारी संस्थाहरु सक्रिय रहेका छन् ।
अपांगता भएका बालबालिकाहरुले यो साल कस्तो सेवा सुविधा पाउनेछन ?
अपांगता भएका बालबालिकाहरुका लागि अपांगताको श्रेणी अनुसारको छात्रवृत्ति उपल्बध छ । यस्ता बालबालिकाहरुले अन्य विद्यार्थीले पाएको सुविधा त पाईहाल्छन् नै । यसैगरी दृष्टीविहिनहरुका लागि जिल्लामा आवासीय सुविधा उपलब्ध छ भने अन्य ६ वटा स्रोतकक्षाहरु विशेष आवश्यकता भएका बालबालिकाहरुका लागि संचालनमा रहेका छन् ।
यो वर्ष सबै बालबालिकाहरु विद्यालयमा भेटिन्छन् ?
हामी विश्वस्त छौं कि सबै बालबालिकाहरु विद्यालयमा भेटिन्छन् । विशेष आवश्यकता भएका केही बालबालिकाहरुको समस्या रहन सक्छ । त्यस्ता बालबालिकाहरुका लागि हामी उपायको खोजीमा रहनेछौं ।
सबै बालबालिका विद्यालयमा भेटिन कति समय पर्खिनुु पर्ला ?
सबै बालबालिकाहरु विद्यालय वा विशेष कक्षामा भेटिन सक्ने हुनका लागि राज्यले शिक्षामा गर्ने लगानीमा भर पर्दछन् । त्यसैले आशा गरौं यो दिन टाढा हुने छैन ।
धादिङ जिल्लालाई निरक्षरमुक्त जिल्ला पनि घोषणा गरि सकेको छ । के मापदण्डका आधारमा गरियो ?
गत वर्ष धादिङ जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भएको छ । यसका लागि शिक्षा क्षेत्रमा लाग्ने सरकारी, गैरसरकारी संघ संस्थाहरुको सकृय सहभागिता रह्यो । यस कार्यमा खटिने संघ संस्थाहरुको सकृयतामा गाउँ शिक्षा समितिले निर्णय गरेका साक्षरता संख्या र नगरपालिकार गाविसलाई साक्षर नगरपालिकार गाविस घोषणा गरेका आधारमा पूर्ण साक्षर जिल्ला घोषणा भएको हो । यसका लागि तोकिएको उमेर समूहका निरक्षर जनताको तथ्यांकमा कम्तिमा ९५५ साक्षर भएपछि पूर्ण साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधानका आधारमा हामी सबै सरोकारवालाहरुको सकृय सहयोगमा भएको उल्लेखनीय कार्य हो ।
धादिङका सबै जना पढ्न लेख्न सक्ने अवस्थाका छन र ?
धादिङमा सबै जना पढ्न लेख्न सक्ने अवस्थामा नहुन सक्छन् । तोकिएको उमेर समूहका तोकिएको प्रतिशतमा साक्षर भएका भन्दा वाहिरका व्यक्तिहरु साक्षर नहुन सक्छन् ।
शिक्षामा नीति नियम र कार्यक्रमहरु धेरै हुदा हुदै पनि गैरसरकारी संस्थाहरु हावी भैरहेका छन नि ?
शिक्षामा शैक्षिक संस्थाहरु तथा कार्यक्रमहरु संचालनका लागि शैक्षिक नीति, नियम र कार्यक्रमहरु छन् । हामी सबै निश्चित विधि र प्रकृयाले निर्दे्शित छौं । सरकारी कार्यालयका आफ्नै विधि र नीति नियम होलान, गैरसरकारी संघ संस्थाका आफ्नै होलान् तर लक्ष्य एउटै हो । तसर्थ एक अर्काको कार्यमा कसैले हस्तक्षेप गर्नु पर्छ भन्ने छैन । फेरि उद्देश्य पूरा गर्न एक अर्काको बीचमा समन्वय हुदा सजिलो हुन्छ । कार्यक्रमहरु आ(आफ्नै भएको हुदा अर्काको कार्यक्रममा हस्तक्षेप गर्नु पर्ने अवस्था पनि रहन्न । तसर्थ हाम्रो कार्यक्रममा गैसस हावी भएको मैले अनुभूति गरेको पनि छैन ।
योग्यता नपुगेको शिक्षक प्रधानाध्यापकहरु अस्थायी शिक्षकहरुले पनि विद्यालय संचालन गरिरहनु भएको छ तर स्थायी शिक्षकहरु मुकदर्शक भईरहेका छन नि ?
कस्ता शिक्षकहरु प्रधानाध्यापक हुने भन्ने कुरा शिक्षा सम्बन्धी ऐन, नियम र परिपत्रले प्रष्ट पारेको छ । विद्यालय स्थापना कालदेखि नै प्रधानाध्यापक भएका शिक्षकहरु विद्यालयको तह बढ्दै जादा शैक्षिक योग्यता नपुगेको भए पनि प्रधानाध्यापक भएका हुन सक्छन् । उहाँहरु संस्था बनाउन र संचालन गर्नमा अनुभवी हुनु हुन्छ । त्यसैले उहाँहरुले गरेका योगदानको कदर हुनु पर्छ । मलाई योग्यता मात्रै सबै कुरा हो जस्तो पनि लाग्दैन । व्यक्तिमा भएको पेशाप्रतिको लगनसिलता र दृढताले यसमा ठूलो प्रभाव पारेको हुन्छ । तपाईंलाई भनुँ, यस जिल्लामा एसएलसी परीक्षाको परीक्षाफल १००५ ल्याउने ४ वटै विद्यालयका प्रधानाध्यापक प्रावि तहमा हुनु हुन्छ । यसले मैले माथि भनेको कुरालाई पुष्टि गर्छ हैन र ।
विद्यालयको पूर्वाधार विकासको निम्ति भौगोलिक स्थिति नहेरी बजेट छुट्याउँदा ग्रामिण क्षेत्रका विद्यालयलाई समस्या भयो भन्ने पनि सुनिन्छ नि । ग्रामिण र सहरी क्षेत्रका विद्यालयको बजेट स्थिति कस्तो छ ?
सबै विद्यालयको आथिर्थ सक्षमता समान प्रकारको छैन । विद्यालय अवस्थित भूगोल, अभिभावकको सामाजिक चेतना, शैक्षिक र आथिर्थ अवस्थाले विद्यालयको भौतिक आथिर्थ र शैक्षिक अवस्थामा प्रभाव पारेको हुन्छ । यसै कुरालाई ध्यानमा राखी विद्यालयको भौतिक निर्माणमा दुर्गम क्षेत्रमा विद्यालयलाई केही थप सुविधा स्वरुप रकम राज्यले बढाएको छ । त्यो रकम प्रयाप्त नहुन सक्छ तर शुरुवात भएको हो भन्ने मान्नु पर्छ । धादिङ जिल्लामा हाल कुल विद्यार्थी संख्या (२०७१ मा) करिब एक लाख छ ।
अन्त्यमा,
सर्वप्रथम जिल्लाको समग्र शैक्षिक स्थितिका सन्दर्भमा आम पाठक वर्गहरुलाई जानकारी दिने अवसर दिनु भएकोमा तपाईंको संचार माध्यमलाई धन्यवाद दिन चाहन्छु । यसैगरी राजनैतिककर्मी मित्रहरु, सामाजिक क्षेत्रमा काम गर्ने समुदायर व्यक्तिहरु, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु, विद्यार्थी लगायत आम शिक्षाप्रेमी जनसमुदायहरुमा नव बर्ष २०७२ ले यहाँहरुको कार्य क्षेत्रमा अझ उत्साह, सफलता र कार्य प्रगति होस भन्ने शुभकामना दिन चाहन्छु । शिक्षा क्षेत्रमा यहाँहरुले हालसम्म देखाउनु भएको सकृयता आगामी दिनहरुमा अझ बढी रहोस् । भविष्यका कर्णाधार विद्यार्थी भाई बहिनीहरुले विद्यालय निर्बाध रुपमा पढ्न पाउने वातावरण निर्माण गर्नमा यहाँहरुको अझ सकृयता बढोस भन्दै विद्यालयलाई बन्दमुक्त बनाऔं, शान्ति क्षेत्र बनाऔं । “हिंसा यौन दुर्व्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकालाई विद्यालय पठाऔं ।“ भन्ने यस वर्षको नारालाई सार्थक बनाई धादिङ जिल्लालाई शैक्षिक नमूनाको जिल्ला बनाउनमा यहाँहरुको सकृय सहमागिता रहोस भन्ने अपेक्षा गर्दछु ।
प्रस्तुती : सरिता श्रेष्ठ