Sat. Jul 5th, 2025

बाल गायक प्रिन्स सिलवालको दशै गीत (भिडियो सहित)

२५ असोज, धादिङ-

बाल गायक प्रिन्स सिलवालको दशै गीत बजारमा आएको छ । सिलवालले बडादसैँलाई लक्षित गरी बालबालिकाहरुको दशै रमाइलो बनाउने खालको गित सार्वजनिक गरेका हुन् ।

‘दसैँ मनाउने हो, घुम्दै रमाउने हो’ बोलको गीत बालबालिका लक्षित रहेको प्रिन्सका बुवा रमेश सिलवालले जानकारी दिए । धादिङको सलाङ पुख्र्यौली घर भएका सिलवाल परिवार हाल चितवनको सौराहामा बस्दै आएका छन् ।

रमेश पाठकको शब्द रहेको उक्त गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् भने गीतमा बालगायिका दिप्सी भट्टले स्वरमा प्रिन्सलाइ साथ दिएकी छिन् । गीतको भिडियो समेत बनाइएको र भिडियोको निर्देशन बुद्ध लामाले गरेका छन् ।

यसैबीच, राष्ट्रिय संगीतकर्मी संघको आयोजना एवम् शान्ति सन्देश बचत तथा ऋण सहकारी संस्थाको सह आयोजनामा बडादसैँ शुभकामना तथा सम्मान साँझ २०७५ बाट बालगायक प्रिन्स सम्मानित समेत भएका छन् । कृषि मन्त्री चक्रपाणि खनालले उनलाई सम्मान गरेका हुन् ।

भिडियो हेर्नुहोस—

 

२०७५ असोज २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: