
२६ असोज, धादिङ –
अहिलेकी चर्चित डान्सर मोडेल एलिसा राइ अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नव गायिका शर्मिला राइको स्वरमा रहेको ‘आँखामा गाजल’मा चर्चित युवा गीतकार डी पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ‘आँखामा गाजल’को अभिनयमा एलिसालाइ आकाश राइले साथ दिएका छन ।
धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र शिलन लम्सालको सम्पादन रहेको छ। भिडियोमा गीतको मर्मअनुसारनै बिशेष गरी किशोर अवस्थामा रहेकी युवतीले आफ्नो मनमा लागेका भावनालाई सम्झिएर गरिएको प्रस्तुति देखाइएको निर्देशक रुम्बाले जानकारी दिए ।
https://www.youtube.com/watch?v=AvpZ9gaKfq0
२०७५ असोज २६ गते प्रकाशित