Thu. Mar 28th, 2024

धादिङमा परिवार नियोजन सम्बन्धी सचेतना कार्यक्रम गरिने

Family-Planning
धादिङ  – धादिङ जिल्लामा परिवार नियोजन सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिने भएको छ ।

परिवार नियोजनको साधन प्रयोगमा बृद्धि गराएर परिवार नियोजन र प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी गराउने उद्देश्यले हेल्थ कम्युनिकेशन क्यापासिटी क्यालिबोरेटिभ एच.सि.थ्री. नेपालले कार्यक्रम संचालन गर्न लागेको हो । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा संचार केन्द्र र परिवार स्वास्थ्य महाशाखाको समन्वय र अमेरिकी विकास नियोग युएसएआईडीको सहयोगमा सुरु गरिएको परियोजनाको बारेमा आइतबार धादिङबेसीमा एक अन्तरक्रिया गरी जानकारी गराएको छ । परिवार नियोजक सम्बन्धी सरल उपाय हुँदा हुँदै पनि महिला र पुरुषहरुले अज्ञानताका कारण परिवार नियोजनका साधनहरुको प्रयोग नगर्ने गरेकोले सचेतनामुलक कार्यक्रम गर्न लागिएको एच.सि.थ्रीका कार्यक्रम विशेषज्ञ थानेश्वर कोइरालाले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमंसेविका र आमा समूहलाई समेत तालिम दिइने पनि कोइरालाले जानकारी दिनुभयो । युवा, प्रबासी र सिमान्तकृत तथा पिछडीएका समुदायलाई लक्षित गरि कार्यक्रम गर्ने भएपनि अहिले जिल्लाको निलकण्ठ नगरपालिका सहित ९ ओटा गाबिसलाई नमुना कार्यक्षेत्र बनाएर काम सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रम मार्फत रहर पुगेका मानिसहरुलाई अस्थायी र स्थायी ढंगबाट परिवार नियोजन गर्न सकिने तरिकाहरुको बारेमा पनि जानकारी गराइने जिल्ला स्वास्थ्य कार्यालय धादिङका परिवार नियोजन अधिकृत मछिन्द्रनाथ न्यौपानेले बताउनुभयो ।

ग्रामीण समुदायका महिलाहरु परिवार नियोजन र प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी लिन हिचकिचाउने र लजाउने गरेका कारण महिलाहरुमा बढि पाठेघरको समस्या देखिएको छ । बरिष्ठ जनस्वास्थ्य अधिकृत जिबन कुमार मल्ल सहित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: