Fri. Mar 29th, 2024

विद्युत प्राधिकरणको लापरवाहिले रेडियो सञ्चालनमा फेरी समस्या

आशिष ठकुरी / 

radio rajmarga

७ बैशाख, धार्के – धादिङको गोगनपानीमा रहेको विद्युत ट्रान्सफर्मर बिग्रिएको एक हप्ता बितिसक्दा पनि मर्मत नहुँदा रेडियो सञ्चालनमा फेरी समस्या आएको छ ।

गोगनपानी –९ ठुलोडाँडामा रहेको विद्युत ट्रान्सफर्मर गत आईतबार नै मर्मतका लागि ललितपुरको बालकुमारीे लगिए पनि विद्युत प्राधिकरणको लापरवाहिका कारण मर्मतमा ढिलाई हुँदा धादिङको नौविसे –१ धार्के स्थित रेडियो राजमार्गको नियमित प्रसारणमा समस्या आएको हो । गोगनपानी ४ रानीमालामा रहेको रेडियोको प्रसारण केन्द्रमा विद्युत सेवा बन्द भएपछि गत महिना पनि एक हप्ता रेडियोको नियमित प्रसारणमा समस्या आएको थियो । रेडियोको प्रसारण केन्द्रमा सौर्य विद्युत जडान गरेकाले दिउँसोको समयमा रेडियो प्रसारणमा कुनै समस्या नभएपनि विहान र बेलुकी २/२ घण्टा भने समस्या हुँदै आएको रेडियो राजमार्गका अध्यक्ष नारायण सुबेदीले बताउनुभयो । धादिङको गोगनपानी र थाक्रेको केहि भाग सहित नौविसे, केवलपुर, जिवनपुर र छत्रेदेउराली गाउँविकास समितीमा अहिले दैनिक ८ घण्टा लोडसेढिङ हुँदै आएको छ ।

जिल्लाको अन्य गाविस र नगरपालिकामा भने दैनिक २ घण्टा मात्र लोडसेढिङ हुने गरेको छ । चट्याङ र हावाहुरीका कारण बिग्रीएको २५ के भि ए क्षमताको ट्रान्सफर्मर मर्मत भएर भोलि मँगलबार मात्र जडान हुन सक्ने विद्युत प्राधिकरण धार्के प्र शाखाका प्रमुख केदार प्रसाद लामिछानेले बताउनुभयो । विद्युत प्राधिकरणको आफ्नै मर्मत केन्द्र लैनचौरमा मर्मत गर्न निकै ढिला गर्ने भएकाले निजी मर्मत केन्द्र बालकुमारीमा लगिएको लामिछानेले बताउनुभयो । चट्याङले ट्रान्सफर्मरको एउटा फेज जलेको र बाँकी २ वटा फेजले बत्ति बल्ने भए पनि मिल तथा कारखानाहरु नचलेकाले मर्मत गर्न पठाईएको प्राधिकरणले जनाएको छ ।

विद्युत अवरुद्घ हुँदा गोगनपानीको वडा नम्बर ४ र ९ का एक सय भन्दा बढि घरधुरीका स्थानिय अँध्यारोमा बस्न बाध्य भएका छन् । लामो समय विद्युत आपुर्ति बन्द भएपछि दैनिक कामकाज गर्न पनि समस्या भएको स्थानिय सन्तुमाया तामाङले बताउनुभयो । नौविसे, जिवनपुर, केवलपुर, गोगनपानी, थाक्रे तसर्पु भुमेस्थान गाविस हेर्ने विद्युत प्राधिकरण शाखाको उद्योग, कलकारखाना बाहेक साँढे नौ हजार ग्राहक रहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: