Sat. Jul 27th, 2024

सहमति र प्रकृयाबाटै संविधान : प्रचण्ड

Prachanda
धादिङ – एकिकृत नेकपा माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति र प्रकृयाबाटै संविधान बन्ने बताउनुभएको छ ।

शीर्ष तीन दलहरुबीच अधिकतम सहमति भइसकेकोले संविधानसभाको प्रकृयाबाट नै चाडैँ संविधान जारी हुने बताउनुभयो । सोमबार धादिङको फुलखर्कमा कृषि प्राविधिक शिक्षालयको उद्घाटन गर्नुहुदै प्रचण्डले दलहरुबीच लगभग सबै विषयमा सहमति भैसकेको दावी गर्नुभयो ।

पहिचान र सामथ्र्यको आधारमा प्रदेश तयार भए आफ्नो पार्टी प्रदेशको संख्या यति नै हुनुपर्छ भन्ने पक्षमा नरहेको पनि उहाँले बताउनुभयो । काङ्ग्रेस एमाले संग सोमबार भएको छलफलमा राजनीतिक अस्थिरता र अराजकता अन्त्य गरी सबैलाई मान्य हुने संविधान दिने कुरामा सहमती भएको भन्दै अध्यक्ष प्रचण्डले बैशाख १० गतेदेखि संविधानको मस्यौदा लेखन कार्य अघि बढाइने जानकारी दिनुभयो ।

धादिङ जिल्लामा पहिलो पटक संचालनमा आउन लागेको प्राविधिक शिक्षालय कृषि बाली विज्ञानको नव निर्मित भवन उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले शैक्षिक जनशक्तिलाई समुचित सिप सिकाएर देशको लागि दक्ष प्राविधिक उत्पादन गर्नेतर्फ सरकार अझै गम्भीर हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमकै अवसरमा धादिङ क्षेत्र नम्बर एक अन्तर्गतका विद्यालयहरुमा सर्बाेत्कृष्ट नतिजा उपलब्ध गराउन सफल शिक्षक र विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: