Sat. Jul 27th, 2024

धुम्रपान गरेको भन्दै एक वृद्धलाई जरिवाना तिराए

smokingEPA_468x316
नुवाकोट – सार्वजनिक स्थलमा धुम्रपान गरेको भन्दै नुवाकोटमा एक वृद्धलाई एक सय रुपैयाँ जरिवाना तिराएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटको परिसरमा धुम्रपान गरिरहेको अवस्थामा तारुका गाँउ विका समितिका दीलबहादुर श्रेष्ठलाई पक्राउ गरी एक सय रुपैयाँ जरिवाना तिराइएको हो । नुवाकोटमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कारवाही गर्ने भनिएतापनि कसैलाई पनि गरिएको थिएन ।

नुवाकोटका  सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारीले सार्वजनिक स्थलमा धुम्रपान गर्न कानूनले प्रतिवन्ध लगाएकाले कारवाही स्वरुप जरिवाना गरिएको बताउनुभयो । २०६८ वैशाख २६ गते सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन पारित गरेपनि अझै प्रभावकारी कार्यन्वयन हुन सकेको छैन ।

About The Author

Loading...

अन्य समाचारहरु: