
१३ कात्तिक,धादिङ
छोरीको निम्ती स्वर्णिम नेपाल महाअभियान सहयोगार्थ धादिङमा चलचित्र मालिकाको विशेष पर्दशनी भएको छ ।
लक्ष्मी पूजाका दिन रिलिज गरिने यो चलचित्र महिला हिंसा र बालविवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको छ । १६ गते देशभर प्रदशनी हुने भएपनि धादिङमा भने
बिशेष कार्यक्रमका साथ तोकिएको समय अगावै प्रदशनी भएको छ । चलचित्र मालिकाका निर्दैशक रेखा थापा धादिङ आएर संगै दर्शकहरुसंग सो महाअभियानमा सहभागि भएकी थिईन् ।
नायिका तथा निर्देशक रेखा थापाको मौलिक चलचित्र ‘मालिका’को जाजरकोटमा छायांकन गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको मालिकाको बाँकेको कोहलपुर हुँदै जाजरकोटका विभिन्न ठाउँमा छायांकन भएको हो ।
जाजरकोटको सुटिङका क्रममा केही दृश्य निकै मार्मिक देखिएका छन् । सुटिङका क्रममा देखिएका त्यस्ता मार्मिक सामाजिक थयार्थले गम्भीर बनाएको चलचित्र दर्शकहरुले बताएका छन् ।
चलचित्र हेरेका दर्शकहरुले छोरीमा विश्वास र सोच जागेको विश्वास समेत लिएका छन् ।चलचित्र हेरीसकेपछि निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले यस्ता चलचित्रहरुले समाजमा घट्ने घटनाहरु वलत्कार वालविवाह जस्ता अपराधहरु न्युनिकरणको निम्ती ठुलो सहयोग हुने वताए । यसैगरी विद्यार्थीहरुले पनि आफुमा आत्मवल थपिएको र आफ्नो लागि आफै लड्न सक्ने क्षमता रहेको वताएका थिए ।
चलचित्रमा जाजरकोटको कालेगाउँकी १४ वर्षीय कमला वली मुख्य भूमिकामा छिन् । उनी ‘ननयाक्टर’ हुन् । निर्माताद्वय रेखा र नरबहादुर कार्कीसमेत मुख्य भूमिकामै छन् ।
२०७५ कात्तिक १३ गते प्रकाशित