Sat. Jul 5th, 2025

स्ववियु चुनावसम्म नेविसंघको म्याद थप्ने प्रस्ताव

३० कात्तिक, काठमाडौं

नेपाली कांग्रेसको संस्थापन समूहले नेपाल विद्यार्थी संघ म्याद थप्ने प्रस्ताव गरेको छ । केन्द्रीय कार्यसमिति बैठकको पूर्वसंख्यामा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर नेविसंघको म्याद थप्न प्रस्ताव गरेका हुन् । एक पदाधिकारीका अनुसार आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी छ ।

यसबारे औपचारिक निर्णय गर्न भोलि कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।नेविसंघको वर्तमान कार्यसमिति म्याद थपकै पक्षमा छ । अध्यक्ष नैनसिंह महरसँग असन्तुष्ट महामन्त्री कुन्दनराज काफ्ले समूहले यसकै लागि लबिङ गर्दै आएको छ ।

अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला पनि कमिटी भंगको विपक्षमा रहेका नेताहरु बताउँछन् । तर, देउवा समूहमा रहेका एनपी साउदलगायतका नेता तथा पौडेल समूहमा रहेका केही नेताहरु भने म्याद थपको विपक्षमा देखिएका छन् ।नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको हो ।

२०७५ कात्तिक ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: