Sun. May 11th, 2025

श्रृंखला खतिवडा “मिस वर्ल्ड” को भोटिङमा सबैभन्दा अगाडी, यसरी गरौँ भोट

३ मंसिर धादिङ –

मिस नेपाल २०१८ की बिजेता श्रृङखला खतिवडा यतिबेला सबै नेपालीहरुको आसाको केन्द्रबिन्दु बनिरहेकीछिन् । उनी यतिबेला “मिस वर्ल्ड २०१८” को प्रतिस्पर्धाका लागि चीनमा रहेकीछिन् । त्यसमाथि पनि शृङ्खला मिस वर्ल्डको यात्रामा विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुले नेपाललाई पहिलो पटक टप १० , ५ हुँदै टप ३ भित्र राखेका छन् ।

जुन शृङ्खलालाई मिस वर्ल्डको उपाधीका लागि सहज बनाउँन सक्छ ।किनकी यसअघि नेपालका कुनै पनि सुन्दरीहरु प्रेडिक्टरहरुको नजरमा परेका थिएनन् । यही कारण पनि यतिबेला श्रृङखलाको चर्चा थप चुलिएको छ । यसपटक श्रृंखलालाई कडा प्रतिस्पर्धीको रुपमा उभाइएको छ । त्यतिमात्र होईन उनी भोटिङमा पनि सबैभन्दा अगाडी रहेकीछिन् ।

यसले गर्दा नेपालीहरु थप उत्साहित भएका छन् । त्यहाँं उपस्थित धेरैलाई शृङ्खलाले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइन्छ । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् । सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी शृङ्खलाले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् ।

हालसम्मको अवस्थालाई हेर्ने हो भने उनि २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् । उनलाई भोट गर्नको लागि पहिले मबस्टार एप डाउनलोड गर्ने, सर्च बक्समा गएर शृङ्खला सर्च गर्ने र निलो रंगको आइकनमा टिक गरेर फलो गर्ने त्यसपछी उनको प्रोफाइलमा भएको फोटो भिडियो लाइक, सेयर गरेर साथ दिन सकिन्छ ।

मबस्टार एपबाट भोट गर्ने तरिका

https://www.facebook.com/shrinkhala.khatiwada/videos/10214304576631180/?t=5

श्रृङखलाले पनि सम्पुर्ण नेपालीहरुलाई भोट गरी सहयोग र साथ दिन अनुरोध गरेकीछिन् । यसैगरी मिस वर्ल्डको वेभसाईटमा गएर पनि उनलाई सजिलै भोट गर्न सकिन्छ । यस पटक उनलाई बलियो प्रतिष्पर्धीको रुपमा हेरिएको छ ।

वेभसाईटबाट भोट गर्न यहाँ क्लिक गर्नुहोस

२०७५ मंसिर ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: