Sat. Jul 5th, 2025

मेक्सिकोकी भेनेसाले जितिन् मिस वर्ल्ड २०१८ को उपाधि


२२ मंसिर, धादिङ–

चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वर्ल्ड २०१८को ताज पहिरिएकी हुन् ।

उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन्। मिस इन्टरनेसनलको उपाधि भने मिस थाइल्याण्ड निकोनेले निस्नुकान जितेकी छन्।

१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट लार्इ उपाधि विजेता घोषणा गरेका थिए । युगाण्डाले मेक्सिको तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भोट पाएका थिए । नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् । यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन ।

अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड ओसियानिया २०१८ को उपाधि जित्नु जरुरी थियो तर त्यो उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाको उपाधि यात्रामा विराम लागेको हो ।

अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्यो अवार्ड जित्नु मिस वर्ल्डको ताज जितेसरह भएको बताएकी थिइन् ।

२०७५ मंसिर २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: