Sat. Jul 27th, 2024

माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता अस्वीकार

काठमाडौं, कात्तिक २७ विपक्षी कांग्रेस र एमालेले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति जुटाउने क्रममा आइतबार साँझ डाकेको बैठक बहिष्कार गरेका छन्। दाहालले सरकारविरुद्ध विपक्षी १५ दलले आन्दोलन घोषणा गरेको भोलिपल्ट सहमतिका लागि बैठक डाकेका थिए।

ुसमग्र विषयमा बसेर सहमति गरौं भनेर साँझ ५ बजे बैठक बस्न निम्ता गरेका थियौं। साढे ५ बजे आउँदैनौं भनेर खबर गरे,ु एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले भने।
दाहालले प्रतिपक्षीहरू मुठभेड गर्ने मनशायले सहमतिका लागि बैठक बस्न नमानेको बताएका छन्। ुसहमतिका लागि सबै विषयमा छलफल गरौं भनेर बैठक डाकिएको हो। बजेट रोकेर मुठभेडमा जाने सोचले कांग्रेस, एमाले आएनन्,ु दाहालले भने।
सरकार दैनिक काम गर्दै जाने, राष्ट्रिय सहमतिमा सहमत नहुने देखेर बैठकमा सहभागी नभएको प्रतिपक्षीहरूले बताएका छन्। ुयो सरकारले चुनाव गर्न सक्दैन, सहमति गरौं भन्दा नमान्ने, सरकारको दैनिकी कामलाई वैधानिकता दिन हामी गएनौं,ु कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नागरिकसँग भने।
दोस्रो संविधानसभा चुनाव सम्पन्न गर्न समय नभएकाले चाँडो सहमति गर्नेमा माओवादी तयार नभएको पौडेलले आरोप लगाए। ुसहमति गरेर दोस्रो संविधानसभा चुनाव गर्ने विषय मूल मुद्दा हो। त्यसमा कुरा नहुने सरकारको दैनिकीमा सहमति गरौं भनेर सहमति हुँदैन,ु उनले भने।
राष्ट्रिय सहमतिबाट संवैधानिक संकटहरू समाधान गर्ने विषयमा माओवादी तयार नभएको आरोप उनले लगाए।
लाजिम्पाट स्रोतका अनुसार ५ बजे डाकिएको बैठकमा साढे ५ बजेमात्र दुवै दलले नआउने जानकारी गराएका थिए। ुसोमबार बिहान बैठक राख्ने पहल भइरहेको छ, बजेट सकेसम्म सहमतिमै ल्याउने हो,ु सापकोटाले भने।
सहमतिको प्रयास अन्तिम समयसम्म जारी राख्ने उनले बताए। ुअन्तिम समयसम्म सहमतिको प्रयास गर्ने हो। सहमति नभए सरकारले आफ्नो कर्तव्य पूरा गर्न सोमबार वार्षिक बजेट राष्ट्रपतिकोमा पठाउँछ,ु सापकोटाले भने।
बिहान पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा शीर्ष नेताहरूबीच सहमतिमा टुंग्याउन दिएको सुझावअनुसार दाहालले बैठक डाकेका थिए। ुपूर्वअर्थमन्त्रीहरूले पूर्ण बजेट शीर्ष नेताहरूबीच राजनीतिक सहमति गरेरमात्र ल्याउन सुझाव दिएकाले त्यसैअनुसार बैठक डाकिएको हो,ु सापकोटाले भने।
अध्यक्ष दाहालले आइतबार बिहान पूर्वअर्थमन्त्री रामशरण महत र सुरेन्द्र पाण्डेसँग सहमतिको प्रयत्न गरेका थिए।
दलहरूले तिहारअघि नै सहमति गर्ने आश्वासन दिए पनि कार्यान्वयन गर्न सकेनन्। प्रतिपक्षीहरूले सरकारविरूद्ध आन्दोलन घोषणा गर्ने, सरकारले वार्षिक बजेट घोषणा गर्ने तयारीले तिहारलगत्तै राजनीति मुठभेडतिर उन्मुख हुने देखिएको छ। प्रतिपक्षहरूले बाबुराम भट्टराई नेतृत्वको सरकार राजीनामालाई मुख्य एजेन्डा बनाएकाले सहमति टाढिएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: