Sat. Jul 5th, 2025

धादिङको नलाङमा दिदीसमूहद्धारा बहिनीसमूहलाई बाख्रा उपहार प्रदान


२७ मंसिर, धादिङ –

धादिङको सिद्धलेक गाउँपालिका –१ मा दिदीसमूहले बहिनीसमूहलाई बाख्रा उपहार प्रदान गरेका छन् ।

बलदेबी महिला समूहका दिदीहरुले विभिन्न समूहमा रहेका बहिनी समूहलाई उपहार स्वरुप बाख्रा प्रदान गरेको हो । सिद्धलेकस्थित नलाङमा आयोजना गरिएको कार्यक्रममा बाख्रासहित डोरी, किला, पीठो, घाँस लगायतका सामान पनि प्रदान गरेको छ ।

तीन वर्ष अघि बलदेबी महिला समूहका सदस्यहरुलाई प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित गरिबी निवारणका लागि गणेश हिमाल पशु पालन कार्यक्रम अन्तरगत निशुल्क रुपमा बाख्रा प्रदान गरिएको थियो । तीन वर्षसम्मभित्र उपहार प्रदान गर्नुपर्ने नियम अनुसार बहिनी समूहलाई प्रदान गरिएको समूहका सदस्य धनकुमारी सिलवालले बताइन् । समूहले २५ जनालाई बाख्रा वितरण गरेका छन् ।

बलदेवी स्वालम्बी महिला समुहका अध्यक्ष शोभा सिलवालको अध्यक्षतामा भएको उपहार प्रदान कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय, प्रहरी उपरीक्षक डम्बर बहादुर विक, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, कार्यकारी अधिकृत लक्ष्मण भट्टराई, हेफर ईन्टरनेशनलका कार्यक्रम अधिकृत डा.तिर्थ रेग्मी, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, विभिन्न समूहमा आवद्ध महिलाहरुको सहभागीता रहेको थियो ।

२०७५ मंसिर २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: