Sat. Jul 27th, 2024

(अपडेट) धादिंङमा २ सय ४१ को मृत्यु, सय भन्दा बढि घाइतेको हेलिकप्टरबाट उद्धार

शकर श्रेष्ठ÷सरिता श्रेष्ठ, धादिंङ
ंशनिवार अपरान्ह ११ः५५ मा गएको भुकम्पले धादिंङ जिल्लाका विभिन्न गाविसमा २ सय ४१ जनाको मृत्यु भएको छ । ढुङ्गा माटोले बनेको पुराना हजारौं घर ध्वस्त भएका छन् । भुकम्पले सदरमुकाम धादिंङवेंसीकै २ दर्जन पुराना घर र सदरमुकाम वरपर पाखामा रहेका पुराना सवै घर ध्वस्त भएका छन् ।
स्थानीय प्रशासनले जिल्लाका ६० प्रतिशत घर भत्केको अनुमान गरेको छ । धादिङ जिल्लामा ७८ हजार घरधुरी रहेका छन् । दार्खा, नलाङं लगायतका ४ वटा प्रहरी चौकी पनि भत्केका छन् । स्थानीय रेडियोहरु रेडियो धादिङ र रेडियो विहानीको सुनौलावजार स्थित टावर पनि क्षतिग्रस्त भएकोछ । स्थानीय ५ ओटै रेडियोको प्रशारण रोकिएको छ ।

???????????????????????????????
भुकम्पका कारण जिवनपुर, कुम्पुर, सल्यानटार, कल्लेरी, झार्लाङ, नीलकण्ठ, नौविसे, बसेरी, दार्खा लगायतका गाविस बढी प्रभावित भएका छन् ।
अधिकांस भत्केका घरमा वृद्ध वृद्धाहरु र बालबालिका परेका छन । उद्धार गरि दिने समेत गाउंघरमा कोही छैनन् । कल्लेरीको घर्तीगाउं र पोखरी गाउंका सय घर सवै भत्केका छन् । लापा गाविसको वडा नम्बर २ तेन्चेत गाउ पुरिएको छ । झार्लाङको एक चर्च पुरै ध्वस्त भएको खबर आएपनि क्षतिको पुष्टि भएको छैन । दक्षिणी धादिङको महाभारत क्षेत्रका सबै घरहरु भत्किएको स्थानीयहरुले टेलिफोन मार्फत जानकारी दिएका छन् । महादेवस्थानको लाइपुर र खर्क गाउँका करिब एक सय घर सबै ध्वस्त भएका छन् ।
ग्रामीण समुदायमा रहेका अधिकांश विद्यालय भवनहरु पनि क्षतिग्रस्त छ । घर भत्केर भाग्न भ्याएका घरहरुमा अन्नपात, लत्ताकपडा सवै पुरिएको छ । स्थानीयवासीहरु बारीका कान्लाहरु ओत लागेर वसेका छन् । सदरमुकामकै स्थानीयवासीहरु खुल्ला चौर, कार्यालयका प्राङ्गण, विद्यालय, क्याम्पसका प्राङ्गडमा रात विताएका छन् । कोही निदाउन पाएका छैनन् । गाउका मानिसहरुले त्रिपाल समेत पाएका छैनन् । खुल्ला आकाशमुनी बस्न बाध्य छन् ।
भुकम्प अपरान्ह भएकोले अधिकांस व्यक्ति खेतावारीमै व्यस्त थिए । मृत्यु हुनेमा अधिकांस घरभित्र रहेका वृद्ध र वालवालिका परेका छन् । सदरमुकाममा विजुली र खानेपानी अवरुद्ध छ । जिल्ला अस्पताल धादिंङमा चौरमै त्रिपाल हालेर उपचार भैरहेको छ । भारतिय बायुसेना, नेपाली सेना र मनाङ एयरको हेलिकप्टरले धादिङको उत्तरी क्षेत्रहरु री, लापा, तिप्लिङ, सत्येदेवी, दार्खा, फुलखर्क, खाल्टे, लगायतका गाविसहरुबाट घाईतेलाई आइतवार विहानै देखि हेलिकप्टरले उद्धार गरिरहेको छ । गम्भीर प्रकृतिका विरामीहरुलाई राजधानी काठमाण्डौ, पोखरा, चितवन र जिल्ला सदरमुकाम ल्याएको छ ।

IMG_2039
पुरिएका घरभित्र रहेको मानव संख्याको कुनै तथ्यांङ छैन । उत्तरी धादिंगका वासिन्दाहरुले आफै पनि खर्च व्यहोर्ने गरि हेलिकप्टरको माग गरिरहेका छन् । स्थानीयवासीहरुले जिल्लामा रहेका नेता कार्यकर्ताहरु फोन सम्पर्क गरि घाईते र मृतकहरुको संख्या वताउंदै हेलिकप्टर छिटै पठाउन दवाव दिई रहेका छन् ।
आईतवार विहान प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा वसेको जिल्ला स्तरिय प्राकृतिक विपद् व्यवस्थापन समितीको वैठकले घाईतेको उद्धार, राहत, क्षतिविरण संकलन, खाद्यान्न तथा गैह्र खाद्यान्न सामाग्री संकलनका लागी उपसमितीहरु गठन गरेको छ ।
घर भत्किएर खान बस्न नपाएकाहरुको लागि सदरमुकामबाट खाद्यन्न र त्रिपाल गाउ पठाउने तयारी गरिएपनि गाउँमा हेलिकप्टर अवतरण गर्ने ठाउँ अभावले लान सकिएको छैन ।
जिल्लाका सभाषदहरु र राजनैतिक दलका नेताहरु आफै घाइतेहरुको उद्धारमा खटिएका छन् । घाइतेकोहरु उद्धारका लागि नेकपा एमाले धादिङले विज्ञप्ती जारी गरी आफ्ना कार्यकर्ताहरुलाइ मानविय संमवेदनाको आधारमा उद्धार गर्न निर्देशन दिएको छ र गाउ गाउमा पार्टी कार्यकर्ताहरु परिचालन गरेको छ ।

 

 

About The Author

Loading...

अन्य समाचारहरु: