Sat. Jul 27th, 2024

महाभुकम्प पछि महंगी बढ्यो, यातायात ब्यवसायी र ब्यापारीको बम्हलुट

शंकर श्रेष्ठ, धादिङ
बैशाख १५ गते : महाभूकम्पछि धादिङमा गाडी भाडा देखि दैनिक उपभोग्य सामाग्रीको मुल्य आकाशिएको छ । घाइते र विरामीको उद्धारमा सम्पूर्ण शक्ति लागेको बेला जिल्लाका केही व्यापारी र यातायात व्यवसायिले सम्पूर्ण सामानको मूल्य वृद्धि गरि भाडा समेत बढाएका छन् ।
बजारमा कृतिम अभाव सिर्जना गरि खुद्रा पसलेहरुले चामलको बोरामा १ सय देखि २ सय रुपैयाँसम्म मूल्य वृद्धि गराएका छन् । प्रशासन र अनुगमन गर्ने निकाय भूकम्प पीडितको उद्धारतिर लागेको बेला व्यवसायीले मौका छोपेर अत्याधिक मूल्यावृद्धि गरेका हुन । १५ रुपैयाँ पर्ने एक पाकेट चाउचाउको ३० रुपैयाँ, दालमोठको आधा मूल्य वृद्धि गरिएको छ भने ६ सय रुपैयाँ पर्ने त्रिपालको बजार अभाव गरि ३ हजार रुपैयाँसम्म परेको छ ।
उद्योग बाणिज्य संघ र स्थानिय प्रशासनले बजारहरु खुल्ला गर्न र साविककै दरमा उपभोग्य सामाग्रीहरुको विक्रिवितरण गर्न आग्रह गरिरहेपनि खुद्रा ब्यापारीहरुले टेरेका छैनन । अत्याधिक मुल्य बढाउनेहरुलाई कारबाही गर्ने चेतावनी दिदै सहज रुपमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन आग्रह गरिएको धादिङ उद्योग बाणिज्य संघका महासचिव बोदनाथ दुवाडीको भनाइ छ ।
गाडीभाडामा पनि यातायात व्यवसायिले अत्याधिक बढाएका छन् । २ सय ५० रुपैया पर्ने धादिङबेसी आरुघाटको भाडा ५ सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ । गाडी भाडा गाडीका चालक र सहचालकले आफुखुसी लिइरहेको यात्रुहरुले गुनासो गरेका छन् ।
एकातिर चर्कोै भाडा तिरेर यात्रा गरिरहे पनि धादिङमा सञ्चालित यातायात ब्यवसायीहरुको मनोमानी र लापरबाहीको कारण यात्रुहरु गन्तब्यमा पुग्न सकिरहेका छैनन । धादिङमा सञ्चालित धादिङ यातायात र ग्रामिण यातायातका ब्यवसायीहरुले तराइतिर रिजर्भमा बस लगिरहेको तर आफ्नै धादिङमा भने गाडी सन्चालन नगरेकोप्रति आक्रोश ब्यक्त गरेका छन । सदरमुकाम देखि जम्मा १० किलोमिटरको गाडीभाडा २ सय तिर्नुपरेको मुरलीभन्ज्याङका महेश दुवाडीले बताउनुभयो ।
जिल्लामा आपत परेको समयमा सेवा नदिने यातायात साधनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले उनिहरुमाथी कारबाही गर्ने बताउनुभयो ।

IMG_9345
उद्धारकार्य जारी रहेपनि तीन दिनसम्म पनि कुनै राहत सामाग्री पुग्न नसक्दा उत्तरी धादिङको सडकले नछोएको गाविस लापा, रि, सेर्तुङ, तिप्लिङ, झर्लाङ र दक्षिणी धादिङको महाभारत क्षेत्रका सबै गाविसमा खाद्य संकट भएको छ । सबै घरहरु भत्किएको गाउँबासीले जानकारी दिएका छन् ।
भुकम्पका कारण पशु चौपायको अत्याधिक संख्यामा मरेकोले गाउँमा महामारी फैलने खतरा बढेको छ । मरेर पशुचौपाय कुहिन थालेपछि दुर्गगन्ध फैलिएको सुनौबलाबजार गाविसका रमेश नेपालीले बताउनुभयो । गाउँबासीलाई मरेका पशु चौपाय खाडल खनेर गाड्नका लागि गाउँबासीले एक आपसमा सहयोग गरिरहेको भएपनि धेरै मात्रामा मरेकोले समस्या देखिएको हो ।

IMG_9570
भुकम्पपछि धेरै धक्काहरु आइरहेकोले गाउँका मानिसहरु अझैपनि सुरक्षित महसुस गर्न सकेका छैनन् । जसका कारण पानी परेको बेला रातमा बारीमा बस्न बाध्य भएको बैरेनीका रामप्रसाद अधिकारीले बताउनुभयो । जिल्ला बाहिर भएकाहरु घर फर्कन थालेका छन् । मुस्ताङबाट काम गर्न गएकाहरु रि गाविसका ६ जना एकैपटक घर फर्केका छन् । रि गाविसको तावलमा सम्पूर्ण घर लडेकोले उनिहरु घरको खबरका लागि आएका हुन् ।

IMG_9567

 

 

About The Author

Loading...

अन्य समाचारहरु: