
९ पुस, धादिङ–
भारतकै चर्चित सिंगिङ रियालिटी शो इन्डियन आईडल १० को उपाधी सलमान अलीले उचालेका छन् । हरियाणाका सलमान सुरुवाती चरणबाट नै आफनो जादुमय आवाजले सबैको मन जित्दै आएका थिए । उनलाई उपाधीको दावेदार नै मानिएको थियो । लाईभ भोटिङमार्फत सलमानलाई टिमले बिजेता घोषणा गरेको हो । उनले २ करोड ५५ लाख ६३ हजार ७६५ भोट पाएका थिए । बिजेता बनेसंगै सलमानले २५ लाख नगद र एक कार पनि जितेका छन् ।
फाईनलमा पुगको ५ प्रतिष्पर्धीहरुले धमाकेदार प्रस्तुती दिएका थिए । जजको रुपमा बिशाल डडलानी , नेहा कक्कड र जावेद अलि रहेका थिए । स्मरण रहोस मिटु प्रकरणमा मुछिएपछि अनु मलिक जजको कुर्सीबाट निस्कन बाध्य भएका थिए । बिजेता भएपछि खुसी हुँदै सलमानले भने “म अभिभूत र अवाक छु,’ उपाधि जितेपछि सलमानले भने, ‘मैले अझै पनि उपाधि जितेको पत्याउन सकेको छैन ।
“मेरो सपना साकार पारेको लागि इन्डियन आइडल र सोनी एन्टरटेनमेन्टलाई धन्यवाद दिन चाहन्छु । त्यस्तै, मेरो लागि भोट गर्ने सबैलाई मनदेखि धन्यवाद दिन चाहन्छु” । फाईनलमा जिरो फिल्मका मुख्य कलाकारहरु सारुख खान , कैटरिना कैफ , अनुष्का शर्माको उपस्थिती रहेको थियो ।
२०७५ पुस ९ गते प्रकाशित