Mon. May 12th, 2025

जापान रोजगारी खुलेको होइनः वैदेशिक रोजगार विभाग

२० पुष, काठमाडौं

सरकारले जापानमा नेपाली कामदार पठाउने विषयमा कुनै औपचारिक प्रक्रिया सुरु नभएको स्पस्ट पारेको छ। वैदेशिक रोजगार आवद्ध केही संस्थाहरुले जापान रोजगारीका लागि श्रम अनुमति दिनसमेत थालेको विज्ञापन प्रकाशन गरेपछि वैदेशिक रोजगार विभागले यस्तो जानकारी दिएको हो।

केही म्यानपावर कम्पनीले विभिन्न पत्रपत्रिकामा जापान रोजगारीमा कामदार पठाउन श्रम अनुमति खुलेको विज्ञापनसमेत गरेको पाइएको विभागले जनाएको छ।  ‘नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुनै पनि निर्णय भई नसकेको सूचित गराईन्छ,’ विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘ जापान पठाउने भनी संस्थागत/व्यक्तिगत/कम्पनीबाट गरिएका सबे कामहरु कानुन विपरित देखिएकाले तत्काल यस्ता गतिविधि नगर्न तथा नराउन सबैमा सूचित गरिन्छ।’ अव त्यस्ता गतिविधि गरेको पाइएमा कानुन वमोजिम कारबाही गर्ने चेतावनी विभागले दिएको छ।

२०७५ पुस   २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: