१९ बैशाख, गोरखा – गोरखाको वारपाकमा केन्द्र बनाएर बिहान ११:३० मा फेरी भुकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईका अनुसार ५.१ रेक्टर स्केलको भुकम्प गएको हो । सोमबारपछि गोरखालाई केन्द्रविन्दु बनाएर गएको यो तेस्रो भूकम्प हो ।
गत शनिबार गोरखाको बारपाकमै केन्द्रविन्दु बनेर गएको ७.६ रेक्टर स्केलको भूकम्पको कारण मुलुकमा सबैभन्दा क्षतिभएको थियो ।