Sat. Jul 5th, 2025

दस हजार रसुवालीले लिए ‘चाइना पास’

३० पुस, रसुवा –

चीनसँग सिमाना जोडिएको रसुवाका बासिन्दा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन्। त्यसका लागि रसुवागढी अध्यागमन कार्यालयले नेपाल–चीन आगमन–प्रस्थान अनुमति पत्र(चाइना पास) उपलब्ध गराउँछ। यो एकपटक बनाएपछि एक वर्षसम्म त्यहीं (केरुङ)बस्न पाइन्छ।

यस्तो पास अध्यागमन कार्यालयले २०७२ असोज २८ गतेदेखि दिन थालेको हो। त्यसयता करिब १० हजार रसुवालीले चाइना पास लिएका छन्। अहिलेसम्म कार्यालयबाट जिल्लाका ९ हजार ८ सय ४५ जनाले पास लिएको अध्यागमन अधिकृत विष्णु घर्तीले जानकारी दिए। त्यसअघि जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था थियो। कम खर्चमा धेरै आम्दानी हुने, आवतजावत गर्न राहदानी बनाइरहनु नपर्ने भएकाले पछिल्लो समय केरुङ जानेको संख्या बढेको कार्यालयले जनाएको छ।

केरुङमा हाल करिब एक हजार नेपाली कार्यरत छन्। जसमध्ये धेरैजसो होटल, डान्सबार, ट्रान्सपोर्ट र ब्लक निर्माण लगायतका क्षेत्रमा काम गर्छन्। उनीहरू दसैं, तिहार तथा ल्होसारजस्ता पर्वमा घर फर्कने गर्छन्। खाडी मुलुक जान छाडेर केरुङ जाने नेपाली बढेको छ।  चाइना पास बनाउने सबै जना रोजगारीकै लागि गएका हुँदैनन्। रसुवागढी नाका खुला भएपछि रोजगारीका लागि केरुङ जाने व्यापारी, व्यवसायी र चालक बढेका छन्।

२०७५ पुस ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: