Sat. Jul 27th, 2024

भुकम्प पिडितलाई प्रभु हाउजीङ्गद्धारा ७ लाख ६४ हजारको राहत वितरण

rahat bitaran

१९ बैशाख,  चितवन – चितवनमा रहेको प्रभु हाउजीङ्ग एण्ड प्रोपर्टी डिलर्स प्रालीले धादिङ्ग र गोर्खा जिल्लाका विकट क्षेत्रमा पुगी नगद सहित राहतका सामाग्री वितरण गरेको छ ।

संस्थाका सञ्चालकहरु आफै प्रभावित क्षेत्रमा पुगेर सहयोग वितरण गरिएको हो । धादिङ र गोर्खा जिल्लाका विभिन्न निकायहरुसंग समन्वयगरी तिन दिन लगाएर सो राहतका सामाग्री वितरण गरिएको प्रभु हाउजीङ्ग एण्ड प्रोपर्टी डिलर्स प्रालिका अध्यक्ष केशव कार्कीले बताउनुभयो । राहत वितरणका लागि जिल्ला स्थित जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानिय सँघ संस्थासँगसमन्वय गरिएको थियो । प्रभु हाउजीङ्गका सञ्चालकहरुसँग सात लाख ६४ हजार रुपैया उठाएर सामान खरिदगरी वितरण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रभावित जिल्लाका विकट क्षेत्रमा राहत वितरण ढुवानी खर्च समेत संस्थाले व्यहोरेको थियो उहाँले बताए । दुवै जिल्लामा तीन सय थान त्रिपाल,पानी दुई सय कार्टुन चाउ चाउ दुई सय कार्टुन,विस्कुट सय कार्टुन, भुजा १८ बोरा बितरण गरिएको कार्कीले बताउनुभयो । बितरण गरिएका सामाग्री मध्ये धादिङमा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा मार्फत जिल्लाको विकट क्षेत्र त्रिपुरेश्वर, ज्यामरुङ, नलाङ, फूलखर्क लगायत गाविसमा सामाग्री बितरण गरिएको थियो । धादिङ सम्पर्क मञ्च चितवनको संयोजनमा धादिङको भूकम्प प्रभावित क्षेत्र फुलखर्क गाउँ विकास समितिमा राहत बितरण गरेको हो । १२५ थान त्रिपाल, १०० कार्टुन चाउचाउ, बिस्कुट ५५ कार्टुन, भुजा ९ बोरा राहत बितरण गरिएको प्रभु हाउजिङ अध्यक्ष कार्कीले जानकारी दिनुभयो । कार्कीले राष्ट्रिय विपद् परेको बेला सरकारको मात्र मुख ताक्नुभन्दा जसले जति सक्छ त्यति गर्नुपर्ने बताउनुभयो ।

त्यही भावनाले आफूहरु वास्तविक प्रभावित भएको ठाउँमा नै आएर राहत वितरण गरेको जनाएको छ । यसैगरी गोर्खा जिल्लाको विकट क्षेत्र सौरपानी, बोलाङ, खोप्लाङ, तान्द्राङ, अशराङ क्षेत्रमा १७५ थान त्रिपाल,चाउचाउ १०० कार्टुन,चाउचाउ १०० कार्टुन, विस्कुट ४५ कार्टुन,भुजा ९ वोरा वितरण गरिएको कार्कीले बताउनुभयो । यसैगरी गोर्खाको आरुटार क्षेत्रमा पुग्दा राहतका सामाग्री सकिएका कारण ४१ घरधुरीका लागि ५० हजार रुपैया नगद समेत सहयोग गरेको उहाँले जानकारी दिनुभयो । साथै सो क्षेत्रमा भुकम्पमा परि ज्यान गुमाएका दुई परिवारलाई ५/५ हजार सहयोग गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: