
४ माघ, धादिङ–
नेपाल आइडल सिजन २ बाट निकै चर्चा कमाएका टप ८ प्रतियोगी कृशल कडेल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा कृशलको अभिनिय रहेको छ । ‘मनको छाता’ बोल रहेको यस गीतको म्युजिक भिडियोमा कृशलको साथमा यांग्सु श्रेष्ठ र सागर मगर लगायत फिचर्ड रहेका छन् ।
एरिक गिरीले गाएको यस गीतको भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका छन् । शब्द तथा संगीत पनि गायक स्वयमको रहेको छ । म्युजिक भिडियोमा सागर मगर र पुजन राईको कोरियोगाफी रहेको छ । भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।
भिडियो
२०७५ माघ ४ गते प्रकाशित