Sat. Jul 27th, 2024

राहत संकलनमा जुटे न्यूयोर्कका विद्यार्थी, ५ हजार डलर संकलन

11125500_850517821686316_522338259_n

काठमाडौं –  गत शनिबार गएको भूकम्पले निम्ताएको विनाशमा केही मलहम लगउनकोलागि अमेरिकको न्यूयोर्क स्थित सिटी कलेज अफ न्यू योर्कमा अध्यनरत नेपाली विद्यार्थीहरुले राहात संकलन शुरु गरेका छन् ।

नेपालमा महाभूकम्पको खवर पाउन साथ राहत रकम जम्मा गर्न सुरु गरेको सिटी कलेज न्यू योर्क नेपाली विद्यार्थी समाजका अध्यक्ष रोज्जे महर्जनले बताउनुभयो।

अप्रिल ३० गते सम्म ५ हजार अमेरीकी डलर सहयोग रकम संकलन भई सकेको समाजका कोषाध्यक्ष अरुण ओझाले बताउनुभयो । अझै धेरै रकम संकलन गर्न न्यू योर्कमा बस्ने सम्पूर्ण नेपाली विद्यार्थीमाझ जाने ओझाको भनाइ थियो । ओझाले संकलित रकम सही रुपमा पिडित समक्ष पुराउनको लागी सही माध्यामको खोजि भई रहेको जानकारी गराउँदै छिट्टै राहात रकम नेपाल पठाउने जानकारी गराउनुभयो । सिटी कलेज न्यू योर्कमा करिव ४० जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

 

About The Author

Loading...

अन्य समाचारहरु: