Tue. May 13th, 2025

सिद्धलेक गाउँपालिकाको गाउँ प्रोफाइल तथा गुरुयोजना सार्वजनिक

२० माघ, धादिङ –

धादिङको सिद्धलेक गाउँपालिकाको पाश्र्वचित्र तथा गुरुयोजना दस्ताबेज तयार भएको छ ।  गाँउपाश्र्वचित्र तयार गर्दा स्थानिय गणकहरु र जनप्रतिनिधिको सहयोगमा घरधूरी संर्वेक्षण गरी वेव बेसमा आधारित पाश्र्वचित्र तयार गरेको हो ।

पाश्र्वचित्रले  समेटेका क्षेत्रहरु गाँउपालिकाको परिचय, बिवरण, जनसाङख्यिक, आर्थिक, सामाजिक, भौतिकपूर्वाधार, बन तथावाताबरण तथा संस्थागत बिकास तथा शुशासनको अवस्था जस्ता मुख्यबिषय खण्डहरु रहेका छन् । गाउँपालिकामा ६२१२ जम्मा घरधूरी र कुल १५०७९ महिला र १६३१६ पुरुष गरी जम्मा ३१,३९५ जनसंख्या रहेको छ । प्रोफाइलमा सम्पूर्ण जानकारी सहितको जिआएस नस्सा गाँउपालिका तथा वडा वडाको छुट्टाछुट्टै रुपमा तयार गरिएको छ ।

त्यसैगरि गाउँपालिकाको दिर्घकालीन सोच (कृषि,जलश्रोत,पर्यटन र पूर्वाधार, समृद्ध समाज सिद्धलेकको आधार) को आधारमा १० बर्षे र ५ बर्षे लक्ष्यका साथै उद्देश्यहरु र नतिजा तथा कार्यक्रमहरु समावेश भएको छ । योजनामा ५ बिषयगत क्षेत्रहरु समेटेको छ । जसमा सामाजिक, आर्थिक, भौतिकपूर्वाधार, वन तथा बातावरण तथा संस्थागत बिकास तथा शुसासन बिकास योजनाहरु समावेश गरिएको छ ।

५ बर्षे कार्यान्वयन योजनाको कुल बजेट ३२,३४,१२१ हजार रहेको छ । भने उक्त बजेटको स्रोतहरुमा संघीय प्रदेश, संघीय प्रदेश, स्थानीय प्रदेश, अगैसस, गैसस, निजी क्षेत्र, उपभोक्ता समिति तथाअन्य बाट लगानी गरिने अपेक्षा गरिएको छ । प्रोफाइलतथा गुरु योजना तयारीका लागी प्राविधिक सहयोग सामाजिकतथाबिकास रुपान्तरण नेपालको तर्फबाट परामर्शदाताहरु मनोज भट्टराई, प्रकाश तिवारी तथा कृष्ण ज्ञवाली लगायतका बिषय बिज्ञहरुको संलग्नता रहेको छ ।

सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका अध्यक्ष जगन्नाथ नेपालको प्रमुख आथित्यता रहेको थियो । यसैगरी कार्यक्रममा प्रमुख जिलला अधिकारी भागिरथ पाण्डे , राजनितीक दल सरोकारवाला र बुद्धिजीबीहरुको उपस्थिती रहेको थियो ।

२०७५ माघ २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: