Sat. Jul 27th, 2024

कुन जिल्लामा कति पुग्यो राहत ?

rahat

काठमाडौं – सरकारले महाभूकम्पबाट अतिप्रभावित १५ जिल्लामा शनिबार १ सय ३५ ट्रक राहत सामग्री पठाएको छ। त्यसमा चामल, त्रिपाल, चिउरा, लत्ताकपडा, औषधिलगायत सामग्री छन्।

उद्धार तथा राहत सामग्री संयोजन गरिरहेको गृह मन्त्रालयका अनुसार उक्त परिमाण बराबरको राहत सामग्रीसम्बद्ध जिल्ला पठाइएको हो। ‘राजधानीका विभिन्न नाकाबाट राहत सामग्री बोकेका ट्रक हिँडिसकेका छन्,’ गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालले शनिबार नागरिकसँग भने, ‘काठमाडौंसहित नजिकका जिल्लामा राहत सामग्री पुग्नुका साथै वितरण पनि सुरु भइसकेको छ।’ उनका अनुसार सिन्धुपाल्चोकका लागि २२, रसुवा २, धादिङ ९, काभ्रे ५, नुवाकोट ११, सिन्धुली २, ओखलढुंगा १, रामेछाप १, लमजुङ ८, गोरखा १०, दोलखा ८, मकवानपुर १, काठमाडौं ३९, ललितपुर ६ र भक्तपुरका लागि १० ट्रक राहत सामग्री पठाइएको छ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार शनिबार दिउँसो ४ बजेसम्म ७ हजार ८ सय १२ क्विन्टल चामल भूकम्पपीडित क्षेत्र पठाइएको छ। त्यसैगरी २ सय ७७ क्विन्टन नुन, ३ सय १० क्विन्टल चिनी, ९४ हजार ४ सय ८२ कार्टुन चाउचाउ, १ हजार ६ सय ३८ क्विन्टल चिउरा, २८ हजार ९ सय ४५ कार्टुन बिस्कुट र ६ हजार ३ सय ५८ लिटर पानी पठाइएको जनाइएको छ।
तर, भूकम्प गएका आठ बितिसक्दा पनि सरकारले अझै क्षतिको पूर्ण विवरण यकिन गर्न सकेको छैन। सबैभन्दा प्रभावित मानिएको जिल्ला सिन्धुपाल्चोकमा पूर्ण र आशिंक क्षति भएका घरको विवरण अझै संकलन गर्न सकेको छैन। यसबाट त्यहाँ कति परिवारलाई राहत सामग्री वितरण गर्ने भन्ने स्पष्ट भएको छैन।

त्यसैगरी अर्को अतिप्रभावित मानिएको गोरखाको अवस्था पनि सिन्धुपाल्चोकको भन्दा कम छैन। गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा गोरखामा के–कति घरमा पूर्ण वा आशिंक क्षति पुगेको छ, उल्लेख छैन। मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले चामल, चिनी तथा अन्य खाद्यान्न अभाव नभएको दाबी गरे। ‘खाद्यान्न अभाव हुँदैन,’ उनले भने, ‘अहिले भएको खाद्यान्न संकटग्रस्त क्षेत्रमा पठाइँदैछ।’ वाणिज्य मन्त्रालयअन्तर्गत भएको नेसनल ट्रेडिङ र खाद्य संस्थानले देशभित्र सरकारले जम्मा गरेको खाद्यान्न बिक्री गर्दै आएको छ। सहरी विकास मन्त्रालयका प्रवक्ता पदमकुमार मैनालीका अनुसार २६ हजार त्रिपाल वितरण गरिएको छ। यो तथ्यांक गत शुक्रबारसम्मको हो। शनिबारबाट वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि विकास मन्त्रालयले बाँड्ने उनको भनाइ छ। भन्सार विभागको तथ्यांकअनुसार त्रिपाल, ब्ल्यांकेट ५२ हजार ८ सय ५४ थान विभिन्न देशबाट आएको छ। त्यसमध्ये सरकारले ५० प्रतिशत आफैंले खरिद गरेको हो । Rahat

आपूर्ति मन्त्रालयका सहप्रवक्ता दीपक पाण्डेले नेसनल टे्रडिङबाट शनिबार मात्र ६० वटा ट्रकमा विभिन्न खाद्य सामग्री पठाएको बताए। सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, रामेछाप, गोरखा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवालगायत जिल्लामा खाद्यान्न पठाइएको जानकारी दिए। उनका अनुसार ५ सय ७७ बोरा चामल, ४ सय ४१ बोरा आलु, ९१ बोरा प्याज, गहुँ र आटा ४ सय ५३ बोरा, ७ हजार २ सय २६ कार्टुन चाउचाउ, २६ थान त्रिपाल, चिनी १३ बोरा, नुन २० बोरा, बिस्कुट २ हजार ५ सय ७१ कार्टुन, दाल ३३ बोरा, मिश्रित खाद्यान्न १ सय ६५ प्याकेट र पानी २ हजार १ सय ७० केस पठाइएको छ। गृह मन्त्रालयले विदेशबाट आएको सहयोग हेलिकप्टर र स्थलमार्गबाट पठाएको छ। गृहले राहत सामग्री वितरण गरेको बताए पनि पीडितले भने अझै त्रिपालसमेत नपाएको गुनासो गरेका छन्। दोलखा सुन्द्रावतीका डम्बरप्रसाद ओलीले ‘राज्यले खाद्यान्न त दिन सकेन–सकेन, पानीबाट बच्न एउटा त्रिपालसमेत नदिएको’ आक्रोश पोखे। ‘जनताप्रति उत्तरदायी भनिएको सरकारबाट पनि जनताले केही पाउन सकेनन्,’ उनले भने, ‘यस्तो सरकारबाट के अपेक्षा गर्नुरु’ भूकम्पले घरबारबिहीन बनाएको आठ दिन भइसक्दा पनि पानीलाई ओछ्यान बनाएर सुत्नुपर्ने अवस्था उनले औंल्याए। दोलखा त परको कुरा, काठमाडौंका भूकम्पपीडितले समेत राहत महसुस गरेका छैनन्।
नागरिकबाट

About The Author

Loading...

अन्य समाचारहरु: