Sat. Jul 5th, 2025

चलचित्र ‘ब्वाइफ्रेन्ड’को गीत रिलिज, फागुन १० बाट देशभर आउने


२३ माघ, धादिङ –

बुढाथोकी फिल्मस प्रोडक्सन प्रा।लि।को ब्यानरमा निर्मित चलचित्र ‘ब्वाइफ्रेण्ड’को हालै पोष्टर, गीत र प्रदर्शन तिथि सार्वजनिक भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरि फागुन १० गतेबाट चलचित्र ब्वाईफ्रेन्ड देशभर एक साथ प्रदर्शनमा आउने जानकारी प्रस्तुतकर्ता सूर्य बुढाथोकीले गराएका छन् ।

सार्वजनिक पोष्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । युवा पिंढीमा मौलाएको ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन नगर्दा हुने परिणाम कस्तो हुन्छ भन्ने विषयलाई चलचित्रमा समेटिएको छ ।

बुढाथोकी फिल्मस प्रोडक्शन प्रा।लि।को ब्यानरमा निर्मित चलचित्र ‘ब्वाइफ्रेण्ड’मा सरोज खनाल, महिमा सिल्वाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठ, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के.सी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक मदन घिमिरे, सहनिर्देशक जिवन गौतम हुन् भने व्दन्द शंकर महर्जन, संगित टंक बुढाथोकी, नृत्य पुनम राई, निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठ, लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, क्यामारा कृष्ण श्रेष्ठको रहेको छन् ।

२०७५ माघ २३ गाते प्रकाशित

About The Author

अन्य समाचारहरु: