Sat. Jul 27th, 2024

माधव नेपाल राहत वितरण अभियानमा

Madhav-Nepal

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाल राहत वितरण अभियानमा जुटेका छन् । नेपालले काठमाडौं क्षेत्र नं २ अन्तर्गतका विभिन्न स्थानमा एक हजार बोरा चामल वितरणा गरेका छन् ।

नेता नेपालले त्रिपाल, टेण्ट, खानेकुराहरु, स्वास्थ्य टोली, निःशुल्क क्यान्टिनलगायतको व्यवस्थापन तथा अनुगमन गर्दै अएका छन् । नेपालले आइतबार लप्सेफेदी(नाङ्लेभारे क्षेत्रमा एक सय ५० बोरा, पालुवारीमा एकसय बोरा, इन्द्रायणीमा एकसय २८ बोरा, लप्सेफेदी २ र ३ मा ७५ बोरा, घुमारचोकमा एक सय बोरा, भुल्बुमा ८० बोरा र डाँछीमा ८० बोरा चामल आफै उपस्थित भएर वितरण गरेका छन् ।

विभिन्न स्थानमा राहत वितरणपछि घर फर्केका नेता नेपालले साँझ सात बजे आफ्नै निवासमा भुगर्भविद्, इन्जिनियर, योजनाविद्, अर्थशास्त्री लगायतका विज्ञहरुसँग अहिले गएको भुकम्प, भुकम्प पछिको व्यवस्थापन र योजना निर्माण सम्बन्धमा विशेष छलफलको आयोजना गरे ।छलफलमा भूगर्भविद् डा। रञ्जन दाहाल, पूर्व शहरी विकास सचिव किशोरबहादुर थापा, पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा। युवराज खतिवडा लगायतसँग छलफल गरे ।
सरकारले भूकम्प पछिको व्यवस्थापन तथा योजना निर्माण गर्ने क्रममा विज्ञ समूह, जनप्रतिनिधि र आवश्यक अन्य पक्षकोसमेत सहभागिता गराएमा त्यसबाट दीर्घकालिन लाभ मिल्ने नेपालको भनार्इ छ । अनलाइनखबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: