Sat. Jul 27th, 2024

सलमानखानलाई ५ बर्ष जेल सजाय

150506061937_salman_khan_624x351_afp-660x330

मादक पदार्थ पिर्इ कार हाँकेर सडक पेटीमा सुतिरेहका मानिसको ज्यान लिएको मुद्धामा दोषी ठहर भएपछि बलिउडका चर्चित अभिनेता सलमान खानलार्इ ५ वर्षको जेल सजाय भएको छ ।

मादक पदार्थ पिर्इ कार हाँकेर सडक पेटीमा सुतिरेहका मानिसको ज्यान लिएको मुद्धामा बलिउडका चर्चित अभिनेता सलमान खानविरुद्ध अदालतले सजाय सुनाएलगत्तै उनलार्इ गिरफ्तार गरिएको थियो । १३ वर्षअघिको मुद्धामा मुम्बर्इको शेसन अदालतले बुधबार दिउँसो अन्तिम फैसलामा सलमानलार्इ दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएपछि अदालतबाटै मुम्बर्इ प्रहरीले हिरासतमा लिएको हो ।

सन् २००२ देखि चल्दै आएको ‘हिट एन्ड रन केस’मा सलमानलाई ५ बर्षको जेल सजायँ भएको हो । सलमान खानलाई आज नै मुम्बइको अर्थरोड जेल लगिने बताइएको छ । सलमानले अब ज़मानतका लागि हाई कोर्ट को ढोका ढकढक्याउन पर्नेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: