Sat. Jul 27th, 2024

भुकम्प पिडित धादिङका पत्रकारहरुलाइ रिपोर्टस क्लव नेपालको सहयोग

SAM_8210
धादिङ – धादिङ जिल्लाका भुकम्प पिडित पत्रकारहरुलाइ रिपोर्टस क्लव नेपाल धादिङले नगद १ लाख ५० हजार रुपैया सहयोग प्रदान गरेको छ ।

उक्त रकम सदरमुकाम धादिङवेशीमा एक कार्यक्रमको आयोजना गरी बुधबार पत्रकार महासंघ धादिङलाइ नगद सहयोग हस्तान्तरण गरेको हो । आर्थिक सहयोग हस्तान्तरण गर्दे रिपोर्टस क्लव नेपालका अध्यक्ष ऋषि धमलाले भकम्प पिडित पत्रकारहरुका लागि विशेष राहतको प्योकेज ल्याउने बताउनुभयो ।

‘देशमा गएको महाभुकम्पका कारण अहिले नेपालभर नै सयौ पत्रकार विस्थापित भएका छन । उनीहरुको पनि धनजनको क्षति भएको छ । तर परिवार र घर नभनी रिपोर्टिङमा क्रियाशिल भएका पत्रकारहरुलाइ पनि राहतको आवश्यकता छ भन्ने महशुस गरेर सहयोग गरिएको हो ।’ धमलाले भन्नुभयोे, ‘अहिले गरिएको सहयोग प्रारम्भिक मात्रै हो । क्लवले धादिङका पत्रकारहरुका लागि विशेष राहतको प्याकेज नै लिएर आउने छ ।’

आफुलाइ पनि धादिङले नै पत्रकारिता क्षेत्रका यो स्थानमा पु¥याएकोले धादिङका पत्रकारहरुमा पुगेको क्षतिले निकै दुखित बनाएको धमलाले बताउनुभयो । महाभुकम्पकै कारण विस्थापत भएर पत्रकाररिता क्षेत्रबाट टाढिन नपरोस र फेरी पनि पत्रकारितामै क्रियाशिल रहन सहयोग पुगोस भन्ने हेतुले पत्रकारहरुका लागि छुट्टै राहतको प्याकेज ल्याउन लागिएको उहाँले बताउनुभयो ।

सहयोग रकम बुझ्दै पत्रकार महासंघ धादिङका सह–सचिब मनिष दुवाडीले धादिङमा ७० भन्दा बढी पत्रकारहरुको घरहरु पुर्ण रुपमा क्षति पुगेको बताउदै एकदमै पिडित पत्रकारहरु छानेर सहयोग स्वरुप प्राप्त भएको रकम हस्तान्तरण गरिने बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: