Sat. Jul 27th, 2024

पक्षपात रहित वातावरणमा राहत वितरण होस् : प्रधानमन्त्री कोइराला

???????????????????????????????
धादिङ – भूकम्प प्रभावित जिल्ला अवलोकन गर्न प्रमुख तीन दलका शिर्ष नेताहरु नुवाकोट रसुवाको लाङटाङ हुँदै धादिङ सदरमुकाममा पुगेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड एकसाथ नेपाली सेनाको हेलिकप्टर मार्फत भूकम्प प्रभावित जिल्लाहरु अवलोकन गर्नु भएको हो ।

भकम्प गएको १२ औ दिन बुधबार धादिङबेसीमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री कोइरालाले सबै नेपाली नागरिकमा एकताको भावना सिर्जना गरी अघि बढ्न आग्रह गर्नुभयो । भूकम्प प्रभावितहरुलाई राहत वितरण गर्ने कार्यमा कुनै पनि पक्षपात तथा राजनीति खिचातानी नगरी सहज ढङगबाट वितरण गर्न आग्रह गर्नुभयो ।
महाविपत्तिमा उद्धार र राहत वितरणमा गरेको कार्य सराहणीय भएको भन्दै महाभूकम्पले पु¥याएको क्षति व्यवस्थापन गर्न राष्ट्रको सम्पूर्ण शक्ति एक भएर व्यवस्थापन गर्नुको विकल्प नभएको बताउनुभयो ।

धादिङमा हालसम्म महाभूकम्पमा परी ७ सय २ जनाले ज्यान गुमाएको र ६ सय ९२ जनालाई हेलिकप्टर र गाडीबाट उद्धार गरी उपचार गराईएको छ । मंगलवारसम्म १२ हजार २७ त्रिपाल, ११ हजार ८ सय ९० वारा चामल, ४ हजार ५ सय २७ वोरा चिउरा, ५ हजार ९ सय ५१ कार्टुन विस्कुट, ७ हजार ५ सय ७३ काटुर्न चाउचाउ, २ सय १० वोरा नून, १ सय ५५ वोरा चिनी, २ हजार ४ सय ८६ थान म्याट, ३ हजार ५ सय ११ वटा कम्वल सहित अन्य सामग्री वितरण गरिएको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी एवं दैविक प्रकोप उद्धार जिल्ला समन्वय समितिका अध्यक्ष वासुदेव घिमिरेले जानकारी दिनुभयो । सडकको पहुँच नभएका र सडक भत्केका १५ गाविसमा हेलिकप्टरबाट ढुवानी गरिएको र अझ पनि उत्तरी क्षेत्रका रि, लापा, तिप्लिङ, सेर्तुङ र झार्लाङगाँउ विकास समितिमा हेलिकप्टरले नै दुवानी गर्नु पर्ने प्रजिअ घिमिरेले प्रधानमन्त्रीसहित अध्यक्षहरुलाई जानकारी गराउनुभएको थियो ।

 

About The Author

Loading...

अन्य समाचारहरु: