Sat. Jul 27th, 2024

भूकम्पबाट धादिङमा ७ जना शिक्षकको मृत्यु

धादिङ –विनाशकारी महाभूकम्पले धादिङमा ७ जना शिक्षकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

गत बैशाख १२ गते गएका भूकम्पमा परी देउराली प्राविका ष्णिुहरि लम्साल, गणेशकुण्ड उमावि दार्खाका अनिता सिम्खडा, सल्यानटार उमावि सल्यानटारका बालकुमारी श्रेष्ठ, महांकालेश्वरी मावि जीवनपुरका सुनिता उप्रेती, मंगलादेवी मावि मार्पाकका बसन्त अधिकारी, बागबच्टला मावि कुम्पुरका अनिता परियार, चण्डेश्वरी प्रावि जीवनपुरका सुनिता महतको मृत्यु भएको जिल्ला शिक्षा अधिकारी गणेश ढकालले जानकारी दिनुभयो ।

त्यस्तै भूकम्पबाट सिमलडाँडा प्रावि सत्यदेवीका शान्ति तामाङ, ज्वालामुखी प्रावि चैनपुरका मधु अर्याल, शंखादेवी उमावि जोगिमाराका लक्ष्मीप्रसाद पौडेल, सल्यानटार उमावि सल्यानटारका भवराज पाण्डे र सल्यानकोटाका सीता दाहाल घाइते हुनु भएको छ ।

धादिङ जिल्लाभर ५ सय ८७ विद्यालयमा रहेका ५ हजार ४ सय २६ वटा कक्षाकोठा मध्येमा २ हजार ४८ कक्षाकोठा पूर्ण रुपमा क्षति भएका छन् भने ७ सय ३१ कक्षाकोठा प्रयोग गर्न नमिल्ने र १ हजार १ सय ६० कक्षाकोठामा सामान्य क्षति भएको छ । त्यस्तै विद्यालयमा रहेको २ सय ७९ वटा शौचालय र २ सय ३० खानेपानीका धाराहरुमा क्षति पुगेको छ ।

जिल्लाका ५ सय ८७ सामुदायिक विद्यालय, ५ सय २१ बालबाविकास केन्द्र र ५५ वटा संस्थागत विद्यालयहरु प्रभावित भएको जिल्ला शिक्षा कार्यलय धादिङले जानकारी दिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: