Sat. Jul 27th, 2024

सञ्जय स्मृति प्रतिष्ठानद्धारा भुकम्प पीडितलाई आर्थिक सहयोग

khaladi rahat

२७  वैशाख, काठमाडौं – सञ्जय स्मृति प्रतिष्ठानले भुकम्प पीडित र पीडितका परिवारलाई आर्थिक सहयोग गरेको छ । वैशाख १२ को भुकम्पमा परि भलिबलका प्रमुख प्रशिक्षक केशवलाल श्रेष्ठ र खेल पत्रकार सुमन भोम्जनको ज्यान गएको थियो ।

राष्ट्रिय भलिबल टोलीका उप कप्तान सञ्जय अर्यालको काभ्रे जिल्ला पाँचखाल नगरपालिकाको वडा नं २ रामपुरमा रहेका दुई घर पूर्ण रुपमा क्षति भएको थियो । प्रतिष्ठानले सहयोग स्वरुप अर्याललाई ५० हजार तथा श्रेष्ठ र भोम्जनको परिवारलाई २५/२५ हजार रुपैयाँ आइतबार प्रदान ग¥यो । प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले खेलाडी अर्याल र स्वर्गिय श्रेष्ठका छोरा केजललाई रकम हस्तान्तरण गरिन् । बोम्जनको परिवारलाई भने नेपाल खेलकुद पत्रकार मञ्चमार्फत रकम हस्तान्तरण गरिएको हो । मञ्चका सचिव प्रकाश तिमल्सिनाले उक्त रकम ग्रहण गरेका थिए । मञ्चले भुकम्प पीडित खेल पत्रकारलाई सहयोग गर्न महासचिव महेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । आइतबार सम्म समितिमा ९० हजार रुपैयाँ संकलन भइसकेको मञ्चले जनाएको छ ।

नेपाल भलिबल संघकी कोषाध्यक्ष समेत रहेकी प्रतिष्ठानकी अध्यक्ष मास्केले विनाशकारी भुकम्पले धेरैलाई असर पारेको उल्लेख गर्दै दुःखको घडीमा सबै एकजुट हुन र सक्दो सहयोग आग्रह गरिन् । श्रेष्ठले दक्षिण एसियाली खेलकुदको आठौं र ११ औं संस्करणमा नेपाली पुरुष टोलीको मुख्य प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । उनको भुकम्प गएकै दिन १२ गते मृत्यु भएको थियो । डेरा गरि बसेको घर भुकम्प गएको दिन भत्केपछिसम्पर्क विहिन भएका भोम्जन एक सातापछि वैशाख १९ मृत अवस्थामा भेटिएका थिए । यसैबीच, खेल पत्रकार सुमनको परिवारलाई नेपाल जुडो संघले १० हजार रुपैयाँ सहयोग गरेको छ । संघले मञ्चलाई आइतबार रकम हस्तान्तरण गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: