Mon. Dec 4th, 2023

अभिनेत्री करिना कपूर सिएनएनकी पत्रकार बन्ने

Kareena_at_K3G_book_launchमुम्बई, कात्तिक २६ (एजेन्सी) भर्खरै बिहे गरेकी बलिउड अभिनेत्री करिना कपूर सिएनएनकी पत्रकार बन्ने भएकी छिन्। तर यो उनको वास्तविक करिअर नभएर फिल्मी करिअरको क्रममा हुने अभिनय हो। सिएनएनकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता क्रिस्टियाने अमनपाउरको भूमिका उनले गर्ने भएकी हुन्। प्रकाश झाको सत्याग्रह फिल्ममा उनले यो भूमिका गर्न लागेकी हुन्।
तिहारपछि उनले यो फिल्मको सुटिङ थाल्ने भएकी छिन्। बिहेपछि उनले खेल्ने यो पहिलो फिल्म हुनेछ।

यसअघि उनले सलमान खानको दबङ २ का लागि फेभिकोल बोलको आइटम नम्बरको सुटिङ यसै साता गरेकी थिइन्। अन्तर्राष्ट्रिय पत्रकारको रुपमा फरक किसिमकले देखिनु पर्ने हुनाले उनी आफ्ना स्टाइलिस्टसहित छिट्टै दुबई जाँदै छिन्।

About The Author

Loading...

अन्य समाचारहरु: