Sat. Jul 27th, 2024

दार्खाको घाउमा घोडेपानीको मलहम

सन्तोष गौतम/

SG_Ghodapani bata Dhading Ma Help 1 (1)

२७ बैशाख, धादिङ –  घार गाविस १ मा पर्ने म्याग्दीको मुख्य पर्यटकीय स्थल घाडेपानीका बासिन्दाहरुले धादिङका भुकम्प पिडितहरुलाई राहत सामाग्री सहयोग गरेका छन् ।

भुकम्पबाट अति प्रभावित धादिङको दार्खा गाविस ४ र ५ नम्बर वडाका बासिन्दाहरुलाई घोडेपानीमा रहेका सामुदायिक संस्था र होटल व्यवसायीहरुले शनिबार १३ लाख ५० हजार रुपैया मूल्य बराबरका विभिन्न राहत सामाग्री वितरण गरेका हुन् । दुई वटा वडाका ३२० घरधुरीलाई एक÷एक बोरा चामलको साथै १८५ थान त्रिपाल, १८५ थान कम्बल, दाल, चिनी, नुन, साबुन, बाल्टिन, मैदा लगायतका १५ किसिमका राहत सामग्री वितरण गरिएको पुनहिल घोडेपानी होटल व्यवसायी समितिका उपाध्यक्ष टेकसर बुद्धुजा पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार होटल व्यवसायी समितिको पाँच लाख, पुनहिल युवा समूहको एक लाख, घोडेपानी आमा समूहको दुई लाख, घोडेपानी सामुदायीक स्वास्थ्य केन्द्रको एक लाख र ४० घरधुरी स्थानीयबासीको चार लाख ५० हजार रुपैया सहयोगमा राहत सामग्री खरिद गरी वितरण गरिएको हो । समितिका अध्यक्ष डमबहादुर पुनको नेतृत्वमा उपाध्यक्ष टेकसर बुद्धुजा पुन, सचिव भिम पुन लगायतका प्रतिनिधिहरुको टोलीले धादिङ सदरमुकाम देखि ३५ किलोमिटर उत्तर दार्खामा पुगेर नेपाली सेना, प्रहरी र स्थानीय अगुवाहरुको उपस्थितिमा राहत वितरण गरेको थियो ।

पर्यटक गाईड र मजदुरको रुपमा घोडेपानी पुग्ने दार्खाका बासिन्दाहरुको चिनजानको आधारमा उनीहरुलाई परेको विपत्तिमा घोडेपानीका सबै बासिन्दाहरु मिलेर सहयोग गरेको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: