Sat. Jul 27th, 2024

बुढीगण्डकी प्रभावित भूकम्प पिडित अन्यौलमा

thulibesi
२८ बैशाख, धादिङ – जलाशययुक्त बुढिगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका भुकम्प पीडितहरु भत्किएका संरचना पुननिर्माणका लागि अन्यौलमा परेका छन् ।

विनाशकारी महाभुकम्पले घरबार विहिन बनेर पालमुनी बस्दै आएका धादिङ र गोरखाका भुकम्प पीडितहरु पुन निर्माणका लागि अब के गर्ने ? भन्ने अन्यौलमा परेका हुन् । ‘महाभुकम्पले घरगोठ पुरै भत्कायो, मर्ने मरिगए बाँचेकाहरुलाई अहिले टाउको लुकाउने ठाउँ छैन । यतै घर बनाऔं भने फेरी भत्काउनुपर्ने होला, छिन छिनमै पानी पर्छ, बारीको पाटामा कतिदिन सुत्ने ?’ मुलपानी गाविस वडा नम्बर ९ ठुलीबेसीका सुरेन्द्र श्रेष्ठले भने । विशेषगरी मुलपानीको ठूलीबेसी र आरुघाट डुबान क्षेत्रका भुकम्प पीडितहरु अब घर निर्माण गर्दा सोही स्थानमा निर्माण गर्ने वा अन्यत्र बनाउने भन्ने चिन्तामा परेका छन् ।

भुकम्पले ठुलीबेसीका ४३ घर पुरै ध्वस्त भएको छ । भुकम्पमा परी ३ बालबालिका, ५ महिला र ४ जना पुरुष गरी १२ जनाको मृत्यु भएको छ । घर पुरिएको तीन दिनसम्मपछि स्थानीयहरुले शव निकालेका थिए । जे जस्तो घर थियो सकियो, नयाँ घर बनाउदा अर्काे खर्च लाग्छ । घर बनाएर नसकिदै सरकारले फेरी यहाँबाट जाउ भन्यो भने हामी के गर्ने ? यस स्थानका भुकम्प पीडितहरुले साधिरहेका छन् । घर बनायदिन्छु भनेर आएका सहयोगी सस्थाहरु पनि अन्यौलका बीच काम सुरु गर्ने की नगर्ने भन्ने दोधारमा छन् ।

वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी सस्था टिएनडब्लुले यस क्षेत्रका भुकम्प पीडितहरुलाई घर बनाइदिने बताएको छ । तर, घर निर्माण नसकिदै वस्ती पुनर्वास गराउने डरले काम सुरु गर्न नसकिएको सस्थाका उपाध्यक्ष मनोज बस्नेतले बताए । गाउँमा रहेका सबैघर ध्वस्त भएको ठुलीबेसी र खण्डीचौरमा एक महिनाको लागि टिएनडब्लुले सामुहिक भान्साघर सुरु गरेको छ । अहिले यी दुई गाउँका करिब २ सय ५० जनाले खाना खाँदै आएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: