Sat. Jul 27th, 2024

यसरी मर्मत हुँदैछ सिडिओको क्वाटर

cdo qutar 2 copy
२९ बैशाख धादिङ-विनाशकारी भुकम्पले भत्काएको धादिङका प्रमुख जिल्ला अधिकारीेको सरकारी निवास मर्मत कार्य सुरु भएको छ ।

भुकम्पले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बस्दै आउनु भएको पुरानो भवन पूर्ण रुपले ध्वस्त भएको छ । भवन भत्किएर साँझ विहान आराम गर्न, खाजा खाना खान र राती बास बस्न समस्या भएपछि भवनको पर्खाल मर्मत गरेर त्यस माथि त्रिपालले छाउन लागिएको हो ।

cdo qutar copy

शसस्त्र प्रहरीको टोलीले भवन मर्मत गरिरहेको छ । भुकम्पले जिल्लामा रहेका सरकारी कार्यालयको अधिकांश पुराना भवनहरु भत्किएका छन् । जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, निर्वाचन कार्यालय, नेपाल प्रहरी, जिल्ला कारागार लगायतका कार्यालयको पुरानो भवनहरुमा क्षति भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: