Sat. Jul 27th, 2024

फेरि ७.१ रेक्टर स्केलको भूकम्प, केन्द्र दाेलखाकाे सुनखानी

 Earth-Quake

धादिङ ।  धादिङ, काठमाडौं, सिन्धुपाल्चोक र दोलखा लगायत देशभर भूकम्पको ठुलो धक्का महसुस भएको छ । १२ बजेर ५५ मिनेट जादा ७ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ विभागका अनुसार दोलखाको सुनखानीलाई केन्द्र बनाएर भूकम्प गएको छ । भूकम्पको गहिराई २ किलोमिटर मात्र भएकाले आसपासका जिल्लामा ठूलो धक्का महसुस भएको छ । भूकम्पपछि मानिसहरु घरबाट बाहिर आएका छन् ।

वैशाख १२ गतेको ७ दशमलब ८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् । तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन् ।

वैशाख १२ पछि आएको यो दोस्रो ठूलो भूकम्प हो । वैशाख  १२ गते ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि आएका अनिगिन्ती धक्कामध्ये सबैभन्दा ठूलो ६.९ रेक्टर स्केलको थियो । आजको भूकम्प ७.१ रेक्टर स्केल रहेको भूकम्प मापन केन्द्रको सूचनामा देखिएको छ ।

आजको भूकम्पबाट राजधानीबासीहरु वैशाख १२ मा जस्तै त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै धादिङबेसीबा बजारबासी सडकमा निस्किएका छन् ।
पसलहरु एकाएक बन्द भएका छन् । पहिलो धक्कापछि सानातिना पराकम्पहरु पनि आउने क्रम रोकिएको छैन । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

अहिलेको भुकम्पले दक्षिणी धादिङका घरहरुमा बढि क्षति भएको बताइएको छ । महादेवस्थानका स्थानीय शुभ आलेमगरका अनुसार त्यस अघिल्लो भुकम्पले ढल्न बाँकी रहेका घरहरु फेरी ढलेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: