Sat. Jul 5th, 2025

मल नपाएपछि धादिङका किसानद्धारा प्रशासन कार्यालय घेराउ (भिडियो)


१९ जेठ, धादिङ –

धादिङमा मलको हाहाकार भएपछि आक्रोसित धादिङका किसानहरुले जिल्ला प्रशासन कार्यालय धादिङ घेराउ गरेका छन् । मल लिनका लागि आइतबार बिहानैदेखि सदरमुकामस्थित नीलकण्ठ सहकारी आसपासमा लामबद्ध भएका किसानहरु मल नपाएपछि आक्रोसित बन्दै प्रशासन घेराउ गर्न पुगेका हुन् । नाराबाजी गर्दै प्रशासनको मुख्य गेट अगाडि पुगेका छ सय भन्दा बढी किसानहरुले सरकारको आलोचना र कृषि मन्त्रीमा राजीनामाको माग समेत गरेका थिए ।

बजारमा मलको अभाव भएपछि लगाएको खाद्यन्न तथा तरकारी बालीमा मल हाल्न नपाएको नीलकण्ठ नगरपालिका वडा नं ४ की सरस्वती ढकालले बताइन् । खेतमा लगाइएको धान र मकैमा फल लाग्ने समय भएको छ, तर बजारमा मल नपाउँदा नपाउँदा किसानहरु चिन्तित बनेका छन् ।

धादिङमा बर्षेनी मलको हाहाकार हुने गर्दछ । किसानहरुले जसोतसो बाली लगाएपनि त्यसलाई हुर्काउने समयमा मलको हाहाकार हुने गरेको छ । मल लिनका लागि नाम्लो र बोरा बोकेर तीन, चार हप्तादेखि सदरमुकाम धाइरहेका छन् । तर पाउन सकेको छैन ।

लामो समयदेखि धादिङका किसानहरुलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्दै आएको नीलकण्ठ सहकारी संस्था अगाडि दिनहुँ भीड हुने गर्दछ । सहकारीमा थोरै मल आउने भएका कारण किसानहरुको माग र आवश्यकतालाई परिपूर्ति गर्न नसकिएको सहकारीका अध्यक्ष बलराम श्रेष्ठले बताए ।

मलको अभाव भएपछि तत्कालको समस्या समाधानका लागि धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले साल्ट्र ट्रेडिङ कर्पोरेशनलाई मल पठाइदिन अनुरोध गरेका छन् ।

२०७६ जेठ १९गते प्रकाशित

About The Author

अन्य समाचारहरु: