
२ असार, धादिङ –
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ चाँपखोलामा दिदी समूहले बहिनी समूहलाई बाख्रा उपहार प्रदान गरिएको छ । चापँखोलामा गठित बाघबच्छला स्ववलम्बी महिला समूहका दिदी समूहले पन्चकन्या, अन्नपूर्ण र साउने जलकन्या स्वावलम्बी महिला समूहका बहिनी समूहलाई बाख्रा वितरण गरिएको हो ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत ३३ जनालाई बाख्रा उपहार प्रदान गरिएको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो ।
बागबच्छला स्वालम्बी महिला समुहका अध्यक्ष भीम कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो।
हेफर ईन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम निर्देशक निना जोशी ,कार्यक्रम व्यवस्थापक प्रेम स्याबयु, कोरियाली बिदेशी पाहुनाहरु, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, उपहार महिला सहकारीका सचिव सुनिता सिलवाल , संचारकर्मीहरु, सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरुको समेत सहभागीता रहेको थियो ।
२०७६ असार २ गते प्रकाशित