Sat. Jul 27th, 2024

भूकम्पले धादिङको उत्तरी भेगमा पहिरो गयो, स्थानीयहरु त्रसित

lapa
धादिङ – बुधबार विहान गएको भूकम्पको पराकम्पनले धादिङको उत्तरी क्षेत्रमा रहेको लापा गाविसको कपुरगाँउ र सेर्तुङ गाविसको वडा नं ८ को हेन्दुङमा पहिरो गएको छ ।

पहिरो गएपछि क्रसित बनेको स्थानीयहरुले जिल्लाका सुरक्षा निकायहरुसँग सम्पर्क गरेर आफूहरुलाई अन्यन्त्र सारीदिन आग्रह गरेका छन् । बस्तिभन्दा माथिबाट पहिरो खस्न थालेपछि आवातजावातमा समस्या परेको छ भने तत्काल खाद्यन्नको अभाव हुन थालेको स्थानीयहरुले सरकारी निकायसँग गुनासो गरेका हुन् । स्थानीयको आग्रह पश्चात बुधबार सबुज गण धादिङका गणपति वितिजराज रेग्मी, प्रहरी नायव उपरीक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान धादिङका प्रमुख हरिशरण रेग्मी लगायतको टोली पहिरो गएको घटनास्थल पुगी सदरमुकाममा फर्किएका छन् ।

बैशाख १२ गते गएको महाभूकम्पबाट त्रसित बनेका त्यहाँको स्थानीयहरुले बुधबार विहान गएको भूकम्पको पराकम्पनसँगै गएको पहिरोका कारण आफूहरु असुरक्षित भएको भन्दै स्थानीय प्रशासनसँग गुहार मागेका छन् । पहिरोले बस्तीमा केही असर नगरेपछि बेला बेलामा गएको भूकम्पको पराकम्पनले थप क्षति हुन सक्ने भन्दै स्थानीयहरु आत्तिएर प्रशासन समक्ष गुहार मागेका छन् । स्थानीय प्रशासनले त्यहाँको समस्यालाई चाडैँ नै हल गरिदिने बाचा गरेका छन् । तत्काल खाद्यन्न पु¥याउन पहल गर्ने बताएका छन् । सरकारसँग त्यस क्षेत्रका बासिन्दाहरुलाई अन्यन्त्र सारीदिन सरकारसँग माग गर्ने प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

japa

बुधबार विहान गएको भूकम्पबाट कल्लेरी गाविस र पिडा गाविसमा थप एक एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस समेत गरेर धादिङमा बैशाख १२ गते दिउँसो गएको भूकम्पबाट हालसम्म ७ सय २३ जनाले ज्यान गुमाइसकेको छ भने ६ सय जना घाइते भएका छन् ।

 

About The Author

Loading...

अन्य समाचारहरु: