Sat. Jul 5th, 2025

हिलोमा यसरी दौडिए युवाहरु (भिडियो सहित)


१५ असार, धादिङ –


‘धान खेती प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्युनिकरण भन्ने नाराका साथ’ नेपालमा नै पहिलो पटक राष्ट्रव्यापी रुपमा खुल्ला हिलो दौड प्रतियोगीता आयोजना गरिएको छ । राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजनामा धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ बिर्ताबेसीमा भएको खेलमा नेपालभरबाट महिला तर्फ २६ जना र पुरुष तर्फ ८७ जनाले भाग लिएका थिए ।

https://www.youtube.com/watch?v=iVZhnBfjiHo&feature=youtu.be

प्रतियोगीतामा महिला तर्फ धादिङ नलाङकी सोनी गुरुङ प्रथम धादिङ धुनीबेसीकी रसिला तामाङ द्धितीय र काठमाडौँ पाटनकी निरजला ताम्राकार तृतीय भएकी छिन् । पुरुष तर्फ संखुवासभाका विकास राई प्रथम कैलालीका किरण मल्ल द्धितीय र नेपालगंजका खिम बहादुर खत्री तृतीय भएका छन् ।

प्रतियोगितामा महिला र पुरुष तर्फ नै प्रथम, द्धितीय, र तृतीय हुनेलाई क्रमशः नगद रु. ५० हजार, ३० हजार, २० हजार ट्रफी मेडल र प्रमाणपत्रका साथै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १८ बर्ष उमेर समुह देखि ४० वर्ष सम्मका महिला पुरुष सहभागी थिए ।

लोक खेल अन्तर्गत हिले दौडको संरक्षण र लोप हुन नदिन प्रतियोगिताको आयोजना गरिएको संघका उपाध्यक्ष किरणकुमार श्रेष्ठले बताए ।

आइतबार १६ औँ धान दिवसको अवसर पारेर देशभर रोपाई गरेर धान दिवस मनाइएको छ । जिल्लाको थाक्रे, सिद्धलेक गाउँपालिकाले पनि रोपाई गरेर दिवस मनाएका छन् ।


२०७६ असार १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: