
२ साउन, धादिङ–

कुखुरालाइ जस्तै खोरमा थुनेर पालिने चरा हो बट्टाइ । मासु र अण्डाको लागि हिजोआज यो चराको ब्यवसायिक पालन सुरु भएको छ । धादिङवेशीमा पनि नीलकण्ठ नगरपालिका वडा नं १२ मा काशीनाथ लंसालले पाल्न सुरु गरेका छन् । धादिङवेशीको बसपार्कबाट नीलकण्ठ नपा वडा नं ९ जाने बाटोमा पशुपति मन्दिर भन्दा ५ सय मिटर पर लंसालले बट्टाइ चराको ब्यवसायिक पालन सुरु गरेका हुन् ।
उनले पालेको बट्टाइ चराले अण्डा दिन थालिसकेको छ । कुखुराको अण्डामा भन्दा ४ गुणा बढी पौष्टिक तत्व बट्टाइ चराको अण्डामा पाइने हुनाले यसको अण्डा खान मानव स्वास्थ्यको लायि ज्यादै नै उपयुक्त हुन्छ ।
बट्टाइ एक प्रकारको चरा भएकोले यसको तौल करिब तीन सय ग्राम हुन्छ । अण्डा पनि चराको जस्तै सानो–सानो र छिर्केविर्के रङगको हुन्छ ।

बट्टाइको मासु र अण्डाले दम, बाथ, युरिक एसिड, निमोनिया, सुगर, प्रेसर नियन्त्रणका साथै तेज दिमाग, शारीरिक वृद्धि, छालाको सुरक्षा र सुत्केरीका लागि विशेष फाइदा पु¥याउने भएकाले बजारमा माग बढी रहेको लंसालले बताए । यसको अण्डा नियमित रुपमा खाने गर्नाले तौल सन्तुलन, स्मरण शक्ती बढ्ने, हड्डी बलियो बनाउने जस्ता फाइदा रहेको उनले बताए ।
अहिले बट्टाइ चराको अण्डाको माग बढि भएकाले किन्न आउने ग्राहकलाइ पु¥याउन नसकिएको लंसालले बताए । ‘हामीसंग धेरै उत्पादन त हुँदैन, विहान जम्मा भएको अण्डा साँझ सम्म विक्री भइसक्छ ।’ अण्डा खरिद गर्नको लागि ९८४१५७५७६१ मा फोनबाटै अर्डर गर्न सकिने पनि उनले बताए ।
२५ देखि ३५ डिग्री सेल्सियसबीचको तापक्रममा बाच्ने बट्टाइ पाँच हप्तामा मासुका लागि खान योग्य हुन्छ भने चार हप्ताबाट अण्डा पार्न थाल्छ । दुई वर्षसम्म बाँच्ने बट्टाइले एक वर्षमा करिब तीन सयसम्म अण्डा दिन्छ । भालेलाई पाँच हप्तादेखि नै मासुका रूपमा प्रयोग गरिए पनि पोथीलाई भने अण्डाका लागि पाँच छ महिनासम्म पाल्ने गरिन्छ ।