Sat. Jul 27th, 2024

भूकम्पपछि अवरुद्ध वारपाक जाने बाटो खुल्यो

barpak

गोरखा –  बैशाख १२ गते गएको महाभूकम्पपछि अवरुद्ध भएको गोरखाको बारपाक जाने सडक खुलेको छ ।

नेपाली सेनाको टोलीले अवरुद्ध सडक विहिबार खुलाएको छ। अवरुद्ध रहेको १५ किलोमिटर बाटो खुलाउनका लागि भैरवी दल गणको ४५ जनाको टोली खटिएको थियो। मोटर बाटो सुचारु भएपछि भूकम्पबाट पीडित बनेका बारपाकबासीले केही राहत महसुस गरेका छन् ।

भैरवी दल गणका गणपति प्रमुख सेनानी प्रेमबहादुर थापाले लगातारको मिहनेतबाट बाटो खुलाउने काम संभव भएको बताउनुभयो । भूकम्पले बारपाक पुरै ध्वस्त भएको छ र अधिकांश घरबारबिहिन भएका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: