Wed. May 14th, 2025

धादिङका गायक राजकुमार बानियाँको मौलिक तीज गीत ‘श्रीमती’ सार्वजनिक


६ साउन, धादिङ –


यसअघि दिदीबहिनीको व्यथा समेटेर मौलिक तीज गीत बजारमा ल्याएका धादिङका गायक राजकुमार बानियाँले यस वर्ष श्रीमतीको माईत जाने रहरलाई समेटेका छन् । सधैं विशुद्ध लोक तथा दोहोरी गीत गाएर नेपाली गीतसंगीतको क्षेत्रमा एक दशकदेखि योगदान दिइरहेका राजकुमार बानियाँले यस वर्षको तीजमा श्रीमती बोलको तीजगीत सार्वजनिक गरेका छन् ।

आफ्नै म्युजिक कम्पनी जलेश्वरी म्युजिक प्रालिको प्रस्तुतिमा आफ्नै नामको च्यानलबाट सार्वजनिक गरेको गीतले राम्रो प्रतिक्रिया पाईरहेको छ । आफ्नै भाका र शब्द रहेको गीतमा अहिले धेरै नै रुचाईएकी बोलमाया र गलबन्दीकी गायिका शान्ति श्री परियारले श्रीमतीको स्वर भरेकी छिन् ।

गीत तयार पार्न मात्र उनको मेहनत छैन । भिडियो तयार पार्न आफ्नै धादिङ मुलपानी स्थित घरमा पुगे । बर्षे असारे झरीको परवाह नगरी उनको टीम त्यहाँ पुगेर साँच्चै तीजको समयमा गाडी नजाने, भत्केको बाटो, पहिरोको डरमा कसरी जान्छौ ? माईति लिन आएनन्, फोनको भरमा बोलाए, भन्दै श्रीमानको पीरलाई पनि समेटेका छन् । गाउँघरमै पुगेर वास्तविक तीज गीत जस्तै वास्तविक भोगाईलाई भिडियोमा खिचेका छन् ।

२०७६ साउन ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: