Thu. Apr 18th, 2024

धादिङका विनोद कोइरालाको कमेडी गीत ‘ए सासू दुनामा मासु’ सार्वजनिक


२० साउन, धादिङ –


नेपाली सांगीतिक क्षेत्रमा अलग पहिचान बनाई अघि बढिरहेका धादिङका विनोद कोइरालाको कमेडी गीत ए सासु दुनामा मासु सार्वजनिक गरिएको छ । म्युजिक नेपाल मार्फत कमेडी गीत सार्वजनिक गरिएको हो ।

एक दशक अघिदेखि नै गीति लेखनमा सक्रिय रहँदै आएका कोइराला पेशाले शिक्षण गर्छन् । फुर्सदका समयमा उनी कथा, कविता, गीत लगायतका साहित्य सिर्जनामा सक्रिय हुँदै आएका छन् । भर्खरै बजारमा आइपुगेको गीत उनको सांगीतिक क्षेत्रको पहिलो पाइला हो ।

साहित्य सिर्जनाभित्र शब्दमा पोखिँदै आएका उनले आफ्नै शब्दमा स्वर पनि थपेका छन् । । गीतले लेक, बेँसी, पाखा, पखेरा मिलेर बनेको हाम्रो प्रकृतिको सुन्दर उपहार नेपालका ग्रामीण बिम्बहरूलाई टपक्क टिपेको छ । झट्ट सुन्दा कमेडी शैलीमा पोखिएका शब्दहरू सुन्दै जाँदा मुर्त र सन्देशमूलक लाग्न खालका छन् । जहाँ सर्वसाधारणदेखि उच्च ओहोदामा भएका व्यक्ति समेतलाई व्यङ्ग्यको निशाना बनाइएको छ ।

कवि रामशरण खड्काको जीवनी, व्यक्तित्व र कृतित्वमाशोध गरी त्रिविविबाट नेपाली विषयमा स्नातकोत्तर गरेका स्रष्टा कोइराला धादिङ जिल्लाको मुरलीभञ्ज्याङ (हाल नीलकण्ठ नगरपालिका–८) मा २०३९ सालमा जन्मेका हुन् । राजधानीको कलङ्की एड मार्क कलेजमा साहित्यको अध्यापकको रुपमा रहेका उनी बिगत दुई दशकदेखि काठमाडौँलाई कर्मथलो बनाउँदै आफ्नो सिर्जना कर्ममा सक्रिय रहँदै आएका छन् ।

शब्द, स्वर र संगीत कोइरालाकै रहेको उक्त गीतका एरेञ्जर संगीतकार कमल गुरुङ हुन् । गीतको भिडियोमा बिम्लि, ऋषि, आयुषा र नारायणको फिचरिङ रहेको छ । मिलन बिकले सम्पादन गरेको भिडियोलाई रक कौशलले खिचेका हुन् । भिडियोलाई ऋषि खड्काले निर्देशन गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: