Sat. Jul 27th, 2024

सेभ नेपाल मार्फत सहयोगमा जुट्न गायिका अनुको अपिल

anu
काठमाडौ – नेपाली सांगितिक क्षेत्रमा संर्घषशिल गायिका अनु ढकालले भुकम्प पीडितको सहयोगमा जुटन आफनो गीत सेभ नेपाल मार्फत अपिल गर्नु भएको छ । महाभुकम्प पछिको अवस्थालाई मध्य नजर राख्दै गायिका ढकालले गीत सार्वजनिक गरी गीतको माध्यमवाट सवैलाइ सहयोगमा जुटन आग्रह गर्नु भएको हो ।

‘नर्विस तिमी नेपाली हो ’ वोलको गीत मार्फत नेपालीहरुको विरताको इतिहास अझै कायम रहेकाले यो विपत्तको सामना गर्न साहासका साथ अघि वढन सवैलाइ अनुरोध गरिएको गायिका अनु ढकालले वताउनुभयो । करिव २ वर्ष अघि लेखिएको गीतमा समय परिस्थिति अनुसारको शव्द मिलाएर गीत सार्वजनिक गरिएको वताइएको छ । आफु सांगितिक क्षेत्रमा संर्घष गरिरहेको हुनाले पनि आफनो क्षेत्रवाट केही भएपनि सहयोग गर्नु पर्छ भनेर यो गित निकालेको गायिका ढकालले वताउनुभयो ।

यो विपदको वेला सवैले आफनो ठाउवाट सहयोग गर्नु पर्ने तथा थोपा थोपा मिलेर सागर वन्दछ भन्ने सन्देश पनि गितमा दिइएको छ । गायिका अनु ढकाल लाई यो गितमा गायक तथा संगितकार टंक वुढाथोकिले साथ दिनुभएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: