Mon. Aug 26th, 2019

सुनको भाउ फेरि बढ्याे, तोलाको ७१ हजार


२८ श्रावण , काठमाडौँ —
नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो ।

मंगलबार तेजावी सुन ७० हजार ७ सयमा काराेबार भइरहेकाे छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५०७ अमेरिकी डलर पुगेर यहाँ भाउ ७१ हजार रुपैयाँ भएको हो।

चाँडपर्वसँगै सुन महँगिए पछि  किनबेच भने ओरालो लागेको छ । तीजको सिजन सुरु भइसक्दा र दसैं नजिकिँदा समेत राजधानीका सुन पसलमा ग्राहकको चहलपहल हुन नसकेकाे व्यापारी बताउँछन् । मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीकाे भनाई छ ।

कान्तिपुरबाट साभार गरिएको

Loading...