Tue. May 13th, 2025

सर्वोच्चले भन्यो : शिल्पालाई पक्राउ नगर्नू

३ भदौ , काठमाडौ –

सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। आइतबार सर्वोच्चले तत्काल पक्राउ गर्ने कार्य रोक्न अन्तरिम आदेश दिएको हो।

बहुविवाहसम्बन्धी जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट प्रहरीलाई पक्राउ अनुमती दिइएको थियो।

चलचित्र निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध जहेरी दिएकी थिइन्। तल्लो अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमती लिएपछि त्यसविरुद्ध उच्च अदालत पाटन गएकी थिइन्।

उच्चले पनि जिल्ला अदालतको आदेशको पक्षमा निर्णय दिएपछि शिल्पाले सर्वोच्चमा निवेदन दिएकी हुन्।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले भदौ १५ गतेसम्मका लागि पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको हो।

सर्वोच्चले भदौ १५ गते दुबै पक्षबीच छलफल गराउने भएको छ। त्यसपछि मात्र पक्राउ गरी अनुसन्धानका लागि थुनामा राख्न मिल्ने नमिल्ने विषयमा टुंगो लाग्ने छ।

About The Author

अन्य समाचारहरु: