Thu. Sep 19th, 2019

विराटनगर विमानस्थल विस्तार गरिने

९ भदौ , विराटनगर

कार्यक्रममा मन्त्री भट्टराईले विज्ञसहितको टोलीलाई गुरुयोजना अध्ययन गराएर दुई महिनामा बोर्डबाट स्वीकृत गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।


विराटनगर विमानस्थल विस्तारका लागि गठित सङ्घर्ष समितिका अध्यक्ष पुण्यप्रसाद भट्टराईले गुरुयोजना अस्वीकृत गरेर पूर्वको पर्यटन व्यवसायलाई ओझेलमा पार्न खोजेको भन्दै मन्त्रीसँग तत्काल काम अगाडि बढाउने वातावरण तयार गरिदिन आग्रह गर्नुभएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले ललितपुरस्थित रियल पाथ इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि.मार्फत विराटनगर विमानस्थलको गुरुयोजना तयार गरिसकेको छ । गुरुयोजनामा विमानस्थल विस्तारका लागि दुई विकल्प प्रस्तुत गरिएका छन् ।


प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाका अनुसार अहिले भइरहेको रन–वे एक हजार चार सय मिटरलाई दुई हजार चार सयमा विस्तार गर्ने वा तीन हजार मिटरसम्म विस्तार गर्ने दुईवटा विकल्पसहितको प्रतिवेदन कन्सल्टेन्सीले बुझाएको छ ।

विमानस्थलको पश्चिम–उत्तर क्षेत्रतर्फ दुई हजार चार सय रन–वे निर्माणका लागि खासै चुनौती छैनन् । वातावरणीय दृष्टिकोणले समस्या नदेखिएको यो दूरीका लागि बस्ती स्थानान्तरण गरेर १२५ बिघा क्षेत्रफल जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ ।

तर तीन हजार मिटर विस्तार योजनाका लागि भने केशलिया खोला डाइभर्सन गर्नुपर्ने चुनौती रहेको छ । विमानस्थल पश्चिमको दुई हजार ८०० सय मिटर दूरीमा रहेको केशलिया खोलालाई ३.५ किलोमिटर दूरीसम्म डाइभर्सन गर्नुपर्ने चुनौती दोस्रो विकल्पमा उल्लेख गरिएको छ ।

२०७६ भदौ गते प्रकाशित


Loading...

अन्य समाचारहरु: